८ वैशाख २०८१ शनिबार
कला

पुस्तकमा ‘नेपाल–भारत सुरक्षा मामला’

काठमाडौं – नेपाल र भारतको सुरक्षा सम्बन्धी कार्यपत्र र प्रवचन समेटिएको पुस्तक ‘नेपाल–भारत सम्बन्ध, प्रतिरक्षा र सुरक्षा मामला’ सार्वजनिक भएको छ । राजधानीमा गत सोमबार एक कार्यक्रमका बीच मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पुस्तक सार्वजनिक गरे।

नीति अनुसन्धान प्रतिष्ठान नेपालले गत वर्ष भारतको उत्तराखण्डको देहरादूनमा नेपाल र भारतका सुरक्षा मामलाका जानकारहरूलाई भेला गरी आयोजना गरेको दुई दिने गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्र र प्रवचनलाई पुस्तकमा समेटिएको छ । पुस्तकको सम्पादन डा. दीपककुमार अधिकारी र डा. टीकाराम पौडेलले गरेका हुन्। 

पूर्व मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले सुरक्षा र सम्बन्ध विश्वासका आधारमा मजबुत हुने भएकाले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर बनाउन विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताए । नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमारले नेपाल र भारतबीचको सम्बन्धका कतिपय विषयमा गलत व्याख्या हुँदा समस्या आउने गरेकोतर्फ सबै सचेत र सजग हुनुपर्ने बताए । अन्तर्राष्ट्रिय सहयोग परिषद्का महासचिव श्याम पराण्डेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध राजनीति भन्दा माथि रहेको बताए । पुस्तकको टिप्पणी सुरक्षा मामला विज्ञ चिरनजंग थापाले गरेका थिए। 

पुस्तकमा नेपाल र भारतका पूर्व राजदूतहरू, सुरक्षा निकायका पूर्व उच्च अधिकारी, सुरक्षाविज्ञलगायतको अनुसन्धानमूलक लेख तथा प्रवचन समावेश गरिएको छ । पुस्तकले नेपाल–भारतबीच विद्यमान सुरक्षा मामलामा सम्बन्ध र समस्यालाई उजागर गर्दै सुझावसमेत दिएको छ । कार्यक्रममा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. अजयकुमार, पूर्व प्रधानसेनापतिहरू, पूर्व आइजीपीहरू र सुरक्षा मामलाका जानकारहरूको उपस्थिति थियो।

 

प्रकाशित: ११ आश्विन २०७५ ००:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App