७ वैशाख २०८१ शुक्रबार
खेल

अफगानिस्तानकाे पाेष्टमा नेपालकाे १३ गोल

काठमाडाैं- भारतमा जारी ४६ अाैं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ। 

भारतको आग्रामा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो। नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे। बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे। अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए। 

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे पनि नेपाल सेमिफाइनल पुग्न सकेन। समूह चरणको दुई खेलमा पराजित भएको नेपालले अब पाँचौँ स्थानका लागि बिहीबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिए। समूह ‘ए’मा रहेको नेपालले मङ्गलबार चीनलाई ३–१ ले हराएको थियो। यसअघि असोज ६ गतेको खेलमा थाइल्याण्डसँग २–० र ९ गते इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो। रासस

प्रकाशित: १० आश्विन २०७५ १६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App