४ वैशाख २०८१ मंगलबार
समाज

ट्रकको ठक्करबाट युवतीको मृत्यु

रुपन्देही– बुटवल भैरहवा सडकखण्डको तिलोत्तमा नगरपालिका शंकरनगर चोकमा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा परी बुटवल ११ कालिकानगरका बस्ने २० वर्षीय अनु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

भैरहवाबाट बुटवल आउदै गरेको  लु १ ख ७३४९ नम्बरको ट्रकले अघि रहेको वा ७५ प ४९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। ट्रकको ठक्करबाट घाइते श्रेष्ठको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीको जनाएको छ। श्रेष्ठ मोटरसाइकल पछाडि सवार थिइन। 

मोटरसाइकल चालक पाल्पा तानसेनका २४ बर्षीय पुकार शाही भने घाइते भएका छन्। उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ। तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको स्थानीयले बताएका छन्। 

प्रकाशित: १० आश्विन २०७५ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App