६ वैशाख २०८१ बिहीबार
समाज

थारु कल्‍याणकारिणी सभाको अध्‍यक्षमा धनीराम निर्वाचित

काठमाडाैं - थारु कल्‍याणकारिणी सभा (थाकस) को २२ औं महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्‍यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्री राजकुमार लेखीलार्इ १२ मतले पराजित गरेका हुन्। धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए। यस्तै, अर्का अध्‍यक्षका उम्म‍ेदवार विश्राम महतोले १० मत पाए।

थारु कल्‍याणकारिणी सभा जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्‍यहरू निर्वाचित भएका छन्। यस्तै ९ सदस्यीय महिला केन्द्रीय समिति समेत चयन गरिएकाे छ। निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए।

थारु कल्‍याणकारिणी सभाको स्थापना वि.सं. २००५ सालमा समाजसेवी बलिबन्ठा थारुले आफ्‍नो अगुवाइमा गरेका थिए भने थाकसका पहिलो अध्‍यक्ष केवल बाबु थारु थिए। 

प्रकाशित: १० आश्विन २०७५ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App