८ वैशाख २०८१ शनिबार
खेल

चेस ओलम्पियाडमा नेपालको पहिलो जित

काठमाडाैं - नेपालको पुरुष टोलीले ४३औं चेस ओलम्पियाडमा पहिलो जित निकालेको छ । जर्जियामा जारी प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको दोस्रो चरणको खेलमा नेपालले नेदरल्यान्ड एन्टिलाइजलाई २.५–१.५ ले हरायो । जितसँगै नेपालले दुई अंक बनाएको छ । नेपाल पहिलो चरणमा क्यानाडासँग ३–१ ले पराजित भएको थियो।

नेपालका सिएम रिजेन्द्रराज भण्डारीले दोस्रो चरणमा सिएम जिमी लेजाक र विवेक थिङले आर क्यापेलालाई हराए । नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बेगलेमन भानसँग बराबरी खेले भने हिमाल लामा बिम ब्लिजास्टासँग पराजित भए । पुरुष टोलीले तेस्रो चरणमा सिंगापुरसँग खेल्नेछ।

यसै गरी महिलातर्फ नेपाल दोस्रो चरणमा कोस्टारिकासँग ४–० ले पराजित भएको छ । नेपाल च्याम्पियन मोनालिसा खम्ब,  सुशीला गुरुङ, सिन्दिरा जोशी र सुजना लोहनी चारै जना हार खेप्न बाध्य भए । शून्य अंकमा सीमित नेपाली महिला टोलीले पहिलो चरणमा लाट्भियासँग ४–० कै हार खेपेको थियो । तेस्रो चरणमा नेपाली महिला टोलीले जाम्बियासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालबाट १० खेलाडीले भाग लिएका छन्।

प्रकाशित: १० आश्विन २०७५ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App