१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई राजीनामा दिन संसदमै नैतिक दबाब सिर्जना !

काठमाडाैं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सतेचक एवं सांसद पुष्पा भुसालले गृहमन्त्रीको राजीनामा माग गरेकी छिन्। बुधबारको संसद बैठकमा बोल्दै सांसद भुसालले गृहमन्त्री रामबहादुर थापालाई राजीनामा दिन पार्टीका तर्फबाट नैतिक दबाब सिर्जना गरिन्। ‘यो सरकारले हत्या हिंसाका शृखंलालाई रोक्न सकेको छैन। यति धेरै हत्या हिंसाका घटनाहरु, महिलाहरुको अस्मितामाथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनुपर्छ’, उनले भनिन्।

यस्तो छ संसदमा उनको सम्बोधन

यो शासनकालमा अपराधी न त कानुनसँग डरायो, न यो सरकारसँग। सरकार अपराधीलाई कडा सजाय दिनको लागि अनुसन्धान गर्न पनि असफल भयो। शृखंलाबद्ध घटना भए। निर्मला पन्त हत्या घटनाबारे प्रतिवेदन सार्वजनिक हुन सकेन। अहिले एसिड आक्रमणको घटना बढ्दैछ। चितवनमा बसन्ती परियार मृत्युसँग लड्दैछिन। रौतहटमा सम्झना दासको मृत्यु भइसकेको छ। पोखरामा श्रेया सुनारको निर्मम हत्या भएको छ। दिनप्रतिदिन घटना बढ्दा राज्य मौन भएर बसेको छ। अनुसन्धान फितलो छ, कुनै पनि अपराधीलाई समातेर भरपूर्ण ढंगबाट अनुसन्धान भएको छैन्। यो मुलुकले हत्या हिंसा स्वीकार गर्दैन, तर यो सरकारले हत्या हिंसाका शृखंलालाई रोक्न सकेको छैन। यति धेरै हत्या हिंसाका घटनाहरु, महिलाहरुको अस्मितामाथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनुपर्छ। हत्या हिंसाका घटनाका नियन्त्रण गर्न सरकार असफल नै भइसकेको छ। सरकारले अपराधी समातोस, कानुनसँग डराउने बनाओस। हामी प्रतिपक्षीको हसियतले सकारात्मक सहयोग गर्न तयार छौं। सरकारले दशैंतिहारको मुखमा मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ। गरिब जनताले दसैंतिहार नमनाउनको लागि यो सरकारले महंगी उपहार दिएको छ। यो तत्काल रोक्नुपर्छ।

प्रकाशित: १० आश्विन २०७५ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App