बुहारीलाई बलात्कार गरेको आरोपमा २ जेठाजु पक्राउ

बुधबार, १० असोज २०७५, १६ : ३५ सरिता श्रेष्ठ

धादिङ – बुहारी बलात्कार गरेको आरोपमा २ जना जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। धादिङको थाक्रे गाउँपालिका –११ कि २२ वर्षीय बुहारीलाई बारम्बार बलात्कार गर्ने जेठाजूहरू पक्राउ परेका हुन्।

३५ वर्षीय र २९ वर्षीय दुईजना जेठाजुले आफूलाई बलात्कार गरेको उजुरी पीडितले गरेपछि धादिङ प्रहरीले आरोपितहरूलाई पक्राउ गरेको हो। पीडितलाई २ वर्ष अघिदेखि बारम्बार बलात्कार गर्ने गरेको पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्।

अन्तिम पटक जेठो जेठाजुले ०७५ साउन २८ गते र माइलो जेठाजुले ०७५ असोज ५ गते बलात्कार गरेको पीडितले प्रहरीमा बताएकी छिन्। पीडितले आफूलाई होटल लगेर समेत बलात्कार गर्ने गरेको बताएकी छिन्। पटक–पटक घटना भएको र आरोपिहरूले अरु मानिसलाई समेत बलात्कार गर्न पठाएपछि आफूले सहन नसकेर न्याय लिन आएको बताएकी छिन्।

जेठाजुहरूले एकजना नचिनेको मानिसलाई समेत बलात्कारका लागि पठाएको पीडितको आरोप छ। आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए।

‘अनुसन्धानका लागि दुवैजनालाई म्याद थप गरेर राखेका छौँ’, विकले भने, ‘बलात्कार गरेको ठहरिए जन्मकैद सजाय हुनेछ।’ 

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad