coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हत्यारालाई कानुनी कठ्घरमा ल्याएरै छाेड्छु : गृहमन्त्री थापा

फाइल तस्विर

काठमाडाैं - गृहमन्त्री रामबहादुर थापाले सुनसरीमा अज्ञात समुहद्वारा असोज ४ गते हत्या गरिएका खुर्सिद आलमको हत्यारालाई कानुनी कठ्घरामा ल्याईछाड्ने बताएका छन्। बुधवार गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य तथा सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने बताए। ‘यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, गृहमन्त्री थापाले भने 'अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्छौं। ’

गृहमन्त्री थापाले घटनालगत्तै अन्सारीलाई सहिद घोषणा गरीसकेको र उनको परिवारलाई दिने भनिएको राहत रकम दुई/चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिए।

भेटमा सहभागी मृतक खुर्सिदका भाई जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दा समेत हत्यारा अझै पक्राउ नगरीएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराए। उनिहरुले घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर मिडियामा आएको समाचारले आफूहरुलाई झनै पिडा थपेको बताए।

सुनसरीको हरिनगरमा रैयाब बोर्डिङ स्कुलका सञ्चालन गर्दै आएका खुर्सिदकाे भुटाहा बजारमा बिहीबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। 

प्रकाशित: १० आश्विन २०७५ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App