८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान कार्यान्वयनमा दलहरु नमिले इतिहासले धिक्कार्छः नेता पण्डित

काठमाडौं– नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्ने शक्तिहरु कार्यान्वयनमा निराश भए इतिहासले धिक्कार्ने बताएका छन्।

सोमबार रिपोर्टर्स क्लबलमामा आयोजिक एक अन्तक्र्रिया कार्यक्रममा नेता पण्डितले संविधान निर्माणमा नेकपा एमालेको ठूलो भूमिका रहेकाले एमालेले कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे।

“संविधान निर्माणको क्रममा केही विरोध हुनु स्वभाविक हो, तर तीविरोधहरु आफैँ अन्त्य भएर जान्छन्,” उनले भने। नेता पण्डितले मुलुकको रक्षाका लागि सबैले सकारात्मक भूमिका खेल्नु जरुरी रहेको उल्लेख गरे।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधानमा नवनिर्मित वस्तु भएकाले विस्तारै सच्याउन सकिने बताए। उनले भने, “दलहरुको सहमतिमाआवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ ।”

उनले ९० प्रतिशत सांसदको हस्ताक्षरमा संविधाननिर्माण भएको भन्दै मधेसी राजनीतिदलले कालो दिवसका रुपमा संविधानलाई मनाउन नहुने धारणा व्यक्त गरे। नेता परियारले संविधान कार्यान्वयनमा विभिन्न शक्तिहरु लागेको भन्दै यसका विरुद्धमा युवाले खबरदारी गर्नुपर्ने बताए ।

कानुनविद् गोविन्द बन्दस्ले संविधानमाथिको राजनीति बन्द भए मात्र संविधान कार्यान्वय नहुने बताए। उनले नेपालको संविधानप्रति विदेशीको चासो केही हदसम्म स्वीकार्य हुने तर हस्तक्षेप कदापी स्वीकार्य नहुने स्पष्ट पारे।

प्रकाशित: ३ आश्विन २०७३ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App