coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

अन्तर्राष्ट्रिय कफी संगठनकाे विकास समिति अध्यक्षमा राजदूत डा.सुवेदी निर्वाचित

लण्डन - बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी अन्तर्राष्ट्रिय कफी संगठनको प्रवर्द्धन तथा बजार विकास समितिको अध्यक्ष पदमा निर्वाचित भएका छन्। नेपाली दुतावास लण्डनका अनुसार उनी संगठनको  सेप्टेम्बर १७ देखि २१ सम्म लण्डनमा सञ्चालन भएकाे १ सय २२ औं अधिवेशन मार्फत अध्यक्ष पदमा निर्वाचित भएका हुन्। संगठनमा स्थायी प्रतिनिधि समेत रहेका डा.सुवेदी यसअघि मेक्सिकोमा सम्पन्न १ सय २१ औं  अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै  सो समितिको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

यस्तै अधिवेशनले नेपाललाई संगठनको मूल समिति र तथ्याङ्क समितिको कार्यकारी सदस्य पदमा समेत निर्वाचित गरेको दुतावासले जनाएको छ। 

प्रकाशित: १० आश्विन २०७५ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App