coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पूर्व क्रिकेट कप्तान क्षेत्रीको आत्मकथा आउँदै

बाँके - नेपाली क्रिकेट टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको आत्मकथा प्रकाशन हुने भएको छ। बाँके कोहलपुर निवासी क्षेत्रीको क्रिकेट करियर र नेपाली क्रिकेटको महत्वपूर्ण घटनाक्रमलाई आत्मकथामा समेटिने भएकाे छ। पुस्तकलार्इ क्रियटिभ बुक्सले बजारमा ल्याउन लागेकाे हाे।

भारतको कोलकत्ताबाट क्रिकेट करियरको सुरुआत गरेका क्षेत्रीले नेपाली क्रिकेट टोलीको कप्तानको रूपमा जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए। खेल करियर पछि निरन्तर क्रिकेट व्यवस्थापनसँग जोडिएर काम गरेका क्षेत्रीको अनुभव, भोगाइलाई पुस्तकमा समेट्ने प्रयास गरिएकाे क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले बताए।

कोलकत्ताबाट ए डिभिजन क्रिकेट खेलेका क्षेत्री नेपाल फर्किएर जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगितामा सहभागी भएका थिए।क्षेत्रीले सन् १९९८ मा काठमाडाैंमा भएको दोस्रो एसीसी प्रतियोगितामा नेपाली टिमको कप्तानी सम्हालेका थिए। सन् १९९६ मा नेपाली टोलीले मलेसियामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्षेत्रीले टीमको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए। त्यसको दुई वर्षपछि सन् १९९८ मा  क्षेत्रीले कप्तान बन्ने अवसर पाएका थिए। क्षेत्रीले आफ्नो करियरको महत्वपूर्ण कुरालाई पुस्तकमा समेट्न पाउँदा खुसी लागेको बताए।

क्षेत्री अहिले नेपाली क्रिकेटमा देखिएको विवाद समाधान गर्ने समितिमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाली क्रिकेटको विवाद समाधान गर्न बनाएको स्वतन्त्र समितिको सदस्यका रूपमा क्षेत्रीले अहिले काम गरिरहेका छन्। 
 

 

प्रकाशित: १० आश्विन २०७५ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App