८ वैशाख २०८१ शनिबार
कला

सुरु भयो चार दिने फिल्म महोत्सव

काठमाडौं – काठमाडौंमा मंगलबारबाट चार दिने ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०१८’ सुरु भएको छ । यो फेस्टिभलमा नेपाली फिल्म ‘भुइँमान्छे’सहित ७ फिल्म सहभागी छन्।

फेस्टिभलको उद्घाटनमा निर्देशक नवराज बुढाथोकी निर्देशित फिल्म ‘भुइँमान्छे’ प्रदर्शन गरिएको थियो । पोष्टमार्टममा सक्रिय एक चिकित्सकको जीवनमा कुनै एक युवतीको प्रवेश गरेपछि हुने द्वन्द्वलाई फिल्ममा देखाइएको छ । फिल्ममा रमेश बुढाथोकी र सिपोरा गुरुङ प्रमुख भूमिकामा छन्।

नेपाल फिल्म सोसाइटीको आयोजनामा सुरु भएको फेस्टिभलमा अमेरिकी फिल्म ‘अल दि प्रेसिडेन्ट्स मेन’, चिनियाँ फिल्म ‘सो योङ’, डेनिश फिल्म ‘कि हाउस मिरर’, फ्रान्सेली फिल्म ‘पोलिस’, इजरायली फिल्म ‘दी बेण्ड्स भिजिट’, स्लोभाकियन फिल्म ‘लिट्टे हार्वर’ र स्पेनिस फिल्म ‘लास ओभिजास नो पाइरडेन इल ट्रेन’ फिल्म प्रदर्शन हुनेछन्।

सोसाइटीका अध्यक्ष कृष्ण मल्लले सोसाइटीले विगतका वर्ष झैं यस वर्ष पनि फेस्टिभल गरेको बताए । ‘यस्तो फेस्टिभलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास हाम्रो छ,’अध्यक्ष मल्लले भने,‘नेपालीसँगै विदेशी फिल्म पनि प्रदर्शन गर्दा अन्य मुलुकका फिल्ममा भएका प्राविधिक विकासलाई नजिकबाट नियाल्न सकिन्छ।’

कार्यक्रममा निर्देशक चेतन कार्कीले पछिल्लो समयमा नेपाली फिल्मले फड्को मारेकोमा खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय बजारमा अझ विकसित रुपमा बजार प्रवद्र्धन गर्नुपर्ने बताए । फेस्टिभल शनिबार सकिनेछ।

प्रकाशित: १० आश्विन २०७५ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App