coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘लभ स्टेसन’ पशुपतिमा मुहुर्त

काठमाडौं – नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको जोडी रहने फिल्म ‘लभ स्टेशन’को सोमबार बिहान पशपतिनाथमा मुहुर्त गरिएको छ। उज्जवल घिमिरेको निर्देशन रहने फिल्मको छायांकन भारतको दार्जिलिङमा शुक्रबारबाट शुरु हुँदैछ।

फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीका अनुसार फिल्मको दार्जिलिङ, कालिम्पोङ, सिक्किमसँगै नेपालको इलाम र फिक्कलमा हुनेछ । फिल्ममा प्रदीप र जसितासँगै ‘मिस सिलगुढी’ श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायतको अभिनय रहनेछ।

निर्देशक घिमिरेले फिल्मको कथामा प्रदीप र जसिताको जोडी  सुहाउने रहेको बताए । नायक प्रदीपले पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको भन्दा केही पृथक बन्ने बताए । नायिका जसिताले पनि उज्ज्वल घिमिरे आफैमा सफल निर्देशक भएकोले घिमिरेसँग काम गर्ने चाहना पूरा भएको बताइन्।

प्रस्तुतकर्ता शाहीले फिल्म ‘लिली बिली’ निर्माण गर्दा नै प्रदीप र जसितासँग दुई फिल्म निर्माण गर्ने सम्झौता भए बमोजिम फिल्ममा लिइएको बताए । काफिया फिल्म्स्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले फिल्ममा लगानी गर्दैछन्।

फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजित बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा  दार्जिलिङका उमेश थापा लाइन प्रोड्युसर छन्।

प्रकाशित: १० आश्विन २०७५ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App