coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेपत्ता विद्यार्थी मृत फेला

पाल्पा – रामपुर नगरपालिका–८ रानिबासका शैलेन्द्र अर्यालको शव कालीगण्डकी नदीम फेला परेको छ। आनन्द निकेतन विद्याश्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी शैलेन्द्र अर्यालको शब मंगलबार फेला परेको हो।

१७ वर्षका अर्याल आठ दिन अघिदेखि बेपत्ता भएको बताइएको छ। उनको लास नवलपुर जिल्ला बुलिङटार गाउँपालिकाको वडा नं. १ थाम बसीको कालीगण्डकीको किनारामा भेटिएको प्रहरी नायव उपरीक्षक विनादे घिमिरेले बताए।

असोज २ गते दिउँसो विद्यालयबाट घर फर्केका अर्याल घरबाट निस्किए लगत्तै बेपत्ता भएका थिए। उनी आँफै नदीमा हालफालेर बगेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: १० आश्विन २०७५ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App