coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चट्याङ लागेर ३ बालबालिकाको मृत्यु

विराटनगर– मोरङको कोशी हरैंचा नगरपालिका —१ स्थित बाघ झोडामा चट्याङ लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका ५ जना बालबालिका मध्ये तीन जनाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय वेलवारीका अनुसार मृत्यु हुनेमा कोशि हरैंचा १ का चिराक खुलाल, राहुल सुब्बा र सन्देश उराउ छन्। घाइते भएका रोजन भट्टराई र आनन्द भट्टराईको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

सिसौ र बाँस झ्याङ बीचको चौरीमा खेलिरहेका बालबालिकालाई  सोमबार १२ः४५ मा चट्याङ लागेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित: ३ आश्विन २०७३ ११:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App