coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

राणा दिदीबहिनीलाई उपाधि

विपक्षीसँग प्रतिस्पर्धा गर्दै राणा दिदीबहिनी माहिका र मायंक । तस्बिरः नागरिक

काठमाडौं – ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला युगलको उपाधि राणा दिदीबहिनी माहिका र मायंकाको जोडीले हात पारेको छ। 

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार भएको फाइनल खेलमा माहिका र मायंकाले आइरा रावत र अभिलाषा विष्टको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । पहिलो सेटमा ७–५ को रोमाञ्चक जित हात पारेका राणा दिदीबहिनीले दोस्रो सेटमा ६–२ को सहज जित हात पारेका थिए। 

त्यस्तै मंगलबार नै भएको पुरुष युगलमा जितेन्द्र परियार र सन्तोष खत्रीको जोडीलाई ६–१, ३–६, १०–७ को सेटमा पराजित गर्दै कमल भण्डारी र प्रणव खनालको जोडीले उपाधि हात पार्याे । प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकलका फाइनल खेल बुधबार हुनेछन्। 

 

प्रकाशित: १० आश्विन २०७५ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App