७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयता बलियो हुन्छः उपप्रम यादव

विराटनगर– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएमात्रै संघीयता बलियो हुने बताएका छन्। मंगलबार विराटनगरमा संघीय समाजवादी फोरमको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै यादवले संघीयता बलियो बनाउन संविधान संशोधन गरेर भए पनि केन्द्रको अधिकार प्रदेशमा ल्याउनुपर्ने बताए। 

उनले स्थानीय तहहरुलाई पनि प्रादेशिक संरचना भित्र ल्याई  प्रदेश सरकारको इकाईको रुपमा स्थापित गर्नुपर्ने धारणा राखे। यादवले भने, ‘स्थानीय तहलाई प्रदेश मातहतमा ल्याइ केन्द्रको अधिकार तत्लो तहमा प्रत्यायोजन गर्नुपर्छ।’ संविधानमा धेरै कमी कमजोरी रहेका कारण त्यस्ता कमी कमजोरीलाई संसोधन गर्नुपर्नेमा यादवले जोड दिए। संविधानमा सबै जातजातिको पहिचान स्थापित हुने व्यवस्था गर्न आफूहरूले सरकारमा बसेर पनि पहल गरिरहेको यादवले दाबी गरे। ‘पहिचानलाई राज्य संरचनास“ग जोडेर लैजान  संविधान संसोधनका लागि हामी पहल गरिरहेका छौं’, यादवले भने। संविधानमा मौलिक हकको व्यवस्था राम्रो भए पनि ऐन कानुन अभावका कारण कार्यान्वयनमा आउन नसकेको यादवले स्पष्ट पारे। नेपाललाई अत्यन्त गरिब देशका रुपमा चिनिने गरेको भन्दै यादवले गरिबको सूचीबाट देशलाई उकास्न सबैको ध्यान जानु जरुरी रहेको बताए। 

प्रदेश नं २ का मुख्य मन्त्री लालबहादुर राउतले संघीय सरकारले प्रदेश सरकारलाई बलियो बनाउन नचाहेको  आरोप लगाए। उनले संघीय सरकार र कर्मचारी तन्त्र अझै पनि प्रदेशलाई अधिकारविहीन बनाउन लागि परेको उनको आरोप छ। मुख्यमन्त्री राउतले संविधानले दिएको अधिकार प्रदेश सरकारले कुनैपनि हालतमा कार्यान्वयन गरेरै छाड्ने स्पष्ट पारे। विगतदेखि शासन गर्दै आएकाहरूलाई नभई थिचोमिचो र भेदभावमा परेका जनतालाई  संघीयता चाहिएको पनि राउतले बताए।  दुई दिनसम्म चल्ने संघीय समाजवादी फोरम नेपालको  भेलामा प्रदेश नं १ का नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ। 

प्रकाशित: ९ आश्विन २०७५ १५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App