७ वैशाख २०८१ शुक्रबार
राजनीति

सर्वाेच्चकाे अादेशसँगै प्रवक्ता विश्वकर्मा रिहा

काठमाडाैं- सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ। अदालतकाे अादेशसँगै विश्वकर्मा पुन: पक्राउ नपर्ने गरी मंगलबार साँझ रिहा भएका छन्।

न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको थियाे। आदेशमा विश्वकर्मालाई गैरकानूनी रुपमा थुनामा राखिएको देखिएको र पटक पटक थुनामुक्त गर्ने आदेश गर्दा पनि राज्यका निकाय गम्भीर नभएको उल्लेख छ। अदालतले विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको यो पाँचौँ पटक हो। यसअघि अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ पर्दै आएका थिए।

विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन, २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो। त्यसपछि विभिन्न जिल्लामा भएका घटनाकाे मुद्दा लगाइएकाे थियाे।

प्रकाशित: ९ आश्विन २०७५ १४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App