coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मकवानपुरमा महिला उद्यमी संघ गठन

महिला उद्यमी संघ मकवानपुर गठनपछि सामूहिक तस्बिर खिचाउँदै महिला उद्यमी महासंघकी तृतीय उपाध्यक्ष एवम् च्याप्टर संयोजक शोभा ज्ञवाली, महिला उद्यमी संघ मकवानपुरकी अध्यक्ष सरिद्धी श्रेष्ठलगायत। तस्बिरः अशोकसुजन

मकवानपुर– जिल्लाका उद्यमी महिलाहरुको एक भेलाले महिला उद्यमी संघ मकवानपुरको गठन गरेकाे छ। महिला उद्यमी महासंघकी तृतीय उपाध्यक्ष एवम् च्याप्टर संयोजक शोभा ज्ञवालीको बिशेष उपस्थितिमा उद्यमी संघको गठन गरिएको हो।

 सरिद्धी श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय समितिको उपाध्यक्षमा शोभा श्रेष्ठ, सचिवमा टासी डोल्मा तुम्बाहाङ्फे, कोषाध्यक्षमा सीतादेवी भेटवाल चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा कमला श्रेष्ठ(सामरी), रजनी प्रजापती, कमला श्रेष्ठ(हेटौंडा), अंकिता सुमार्गी, माला श्रेष्ठ र मेनका श्रेष्ठ छन्।

महासंघकी उपाध्यक्ष ज्ञवालीले महिला उद्यमीहरुको दायरा, पहुँच र क्षमता बृद्धी गर्न महासंघले जिल्ला शाखा विस्तारलाई जोड दिएको बताइन्। ‘महिलाद्वारा सञ्चालित उद्योग र व्यवसायको विस्तार, विकास र संरक्षण गर्न महासंघले भूमिका खेल्दै आएको छ,’ उनले भनिन्, ‘देशैभर रहेका महिला उद्यमीको क्षमता विकास गर्दै उनीहरुको पक्षमा वकालत गर्न महासंघले आगामी दिनमा अझ बढी सशक्त भुमिका खेल्नेछ।’

कार्यक्रममा महिला उद्यमी महासंघकी सदस्य बसन्ती प्रधान, लक्ष्मी खनाल, परियोजना व्यवस्थापक कोपिला डंगोल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने, बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेलगायतले महिलाहरुको आर्थिक क्षेत्रमा पहुँच वृद्धि गर्दै देशकै आर्थिक अबस्थामा सुधार ल्याउन महिला उद्यमीको संख्या बढाउनुपर्नेमा जोड दिएका थिए।


 

प्रकाशित: ९ आश्विन २०७५ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App