सर्लाही– सेवाग्राहीसँग घुस रकम लिएको भन्दै नापी कार्यालय हरिवनका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले अमिन किशुनदेव मण्डललाई मंगलबार दिउँसो घुस रकमसहित पक्राउ गरेको हो।
अंशवण्डा पत्रको लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा खटिएको टोलीले घुस लिइसकेको ९ हजार रुपैयाँसहित नापी कार्यालयबाटै अमिन मण्डललाई नियन्त्रणमा लिइएको आयोगका एक कर्मचारीले बताए।
मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित: ९ आश्विन २०७५ १३:०४ मंगलबार