१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

चेस ओलम्पियाड : रिजेन्द्रले क्यानडाका जिएमलाई हराए

काठमाडौं– जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका जिएम अमनहाम ब्लेटोनलाई १–० अंकले हराएका छन्। सोमबार रातीदेखि सुरु भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जितेपनि नेपाली पुरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो। 

नेपाली टोलीका अन्य खेलाडीहरु मदनकृष्ण कायस्थ क्यानडाका जिएम इरिक हसनसँग, विवेक लामा जिएम जिएम राजभान प्रेतुसँग र रुपेश जैसवाल आईएम निकोली नोरिस्यानसँग पराजित भए। दोस्रो चरणमा नेपाली पुरुष टोलीले नेदरल्यान्ड एन्टीलाइजसँग खेल्नेछ। 

यसैगरी महिलातर्फ पहिलो चरणको खेलमा नेपाली टोली लात्भियासँग ४–० ले पराजित भएको छ। नेपालकी सुशीला  गुरुङ लात्भियाकी डब्लुजीएम लौरा रोमुलसँग, सिन्दिरा जोशी डब्लुजीएम लाजे बोरजीनासँग, सुजना लोहनी डब्लुएफएम ईलिना ओटिकोभासँग र नेपाल च्याम्पियन मोनालिसा खम्बु डब्लुएफएम लिन्दा कुरमिनासँग पराजित भए। 

दोस्रो चरणमा महिला टोलीले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछ। असोज १९ गतेसम्म चल्ने चेस ओलम्पियाडमा एकसय ८५ देशका १६ सय ६८ खेलाडीले भाग लिएका छन्।

प्रकाशित: ९ आश्विन २०७५ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App