coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

अँध्यारो रातमा चम्किलोे सिद्धपोखरी

काठमाडाै - बर्षभर अान्तरिक र वाह्य पर्यटकले भरिभराउ रहने यो पोखरीमा इन्द्रजात्राको दिन भने विशेष रौनक हुन्छ।भक्तपुर नगरपालिका, दुधपाटीस्थित सिद्धपोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली हुनेगर्छ।

इन्द्रजात्राको दिन बिहानैदेखि श्रद्धालुहरु यहाँ आएर स्नान गर्छन। वर्षभरिमा यही एकदिनमात्रै यो पोखरीमा स्नान गर्न छुट छ।दिउसो इन्द्रायणको पूजा गर्दै खटमा राखेर शहर परिक्रमा गराइन्छ र साँझ सिद्धपोखरीमा दिपावली गरी स्वागत गरिन्छ।

पोखरीका चारै दिशामा दुई तला बनाएर दिपावली गर्ने गरिन्छ। दिपावलीको लागि भक्तपुर नगरपालिकाले आवश्यक तेलको व्यवस्था गर्ने गरेको छ। पूर्णीमाको रातमा लहरै राखिएका बत्तिको प्रकाश पोखरीमा ठोक्किदा जो कसैको मन फुरुङ्ग्ग हुन्छ। बर्षा सकिएको संकेत गर्दै भगवान इन्द्रको पूजा गरी यो पर्व मनाइन्छ।

यो इन्द्रायणीको जात्रा भएपनि सर्वसाधारणमाझ सिद्धपोखरीको जात्राको नामले चिनिन्छ। इन्द्रायणीलाई सिद्धपोखरीमा लगेर पूजाआजा गरी पोखरीमै मेला लाग्ने भएकाले यसलाई सिद्धपोखरी मेलाको भनिएको हो।
भक्तपुरका साना ठूला ३४ पोखरीमध्ये यो सबै भन्दा ठूलो पोखरी (तपुखू) हो।

यो पोखरी १५ औ शताब्दीको सुरुवात तिर यक्षमल्लले निर्माण गराएको इतिहास छ। ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यो पोखरीमा रहेका विभिन्न रंगका माछाले पनि यसको आकर्षण बढाएको छ।

१५८ मिटर लम्बाइ, ७२ मिटर चौडाइ र ४ मिटर गहिराइ भएको यस पोखरी भक्तपुर नगरपालिकाको संरक्षणमा छ।

 

प्रकाशित: ९ आश्विन २०७५ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App