८ वैशाख २०८१ शनिबार
समाज

दश प्रतिशतले बढाएर नयाँ भाडा दर लागू

खोटाङ – सार्वजनिक यातायातमा भएको भाडा वृद्धि लगत्तै खोटाङमा सवारी साधनको नयाँ भाडा दर कायम गरिएको छ। १० प्रतिशतले सार्वजनिक यातायातको भाडा वृद्धि गरिएसँगै जिल्लामा सञ्चालन हुने छोटो तथा लामो दुरीका सडकमा सञ्चालन हुने सवारी साधनको भाडा दर पनि उही अनुपातमा बढाएर लागू गरिएको छ।

सरकार र यातायात व्यवसायीबीचमा भएको सम्झौता अनुसार जिल्लामा पनि मंगलबारदेखि १० प्रतिशतले सवारी साधनको भाडा दर बढाइएको खोटाङ यातायात प्रालिले जनाएको छ। दशैंतिहारको मुखमा सहुलियत दिनुपर्नेमा सवारी साधनको भाडा दर वृद्धि हुँदा यात्रु मारमा परेका छन्। सवारी साधनको भाडा वद्धिसँगै दिक्तेलबाट काठमाडौंको बसको एकतर्फी भाडा १ हजार २०० बाट बढेर १ हजार ३२० पुगेको छ।

पूरानो भाडा दरमा १० प्रतिशतले वृद्धि गरेर नयाँ भाडा दर कायम गर्दा दिक्तेल–गाईघाटका लागि बसको भाडा ८८०, दिक्तेल–भोजपुरका लागि ८८०, दिक्तेल–धरानका लागि १ हजार २९८, दिक्तेल–विराटनगरका लागि १ हजार ३२०, दिक्तेल–कटारीका लागि ८८० र दिक्तेल–लहानका लागि १ हजार १२ रुपैयाँ भाडा निर्धारण गरिएको छ। जिल्लाभित्रकै सडक दिक्तेल–हलेसीका लागि ४००, दिक्तेल–जयरामघाटका लागि ६००, दिक्तेल–खार्मीका लागि ३२०, दिक्तेल–पाथेकाका लागि २७५, दिक्तेल–पञ्चमीका लागि ५५० र दिक्तेल–मात्तिमका लागि ३३० रुपैयाँ भाडा निर्धारण गरिएको छ।

यस्तै, दिक्तेल–काठमाडौंका लागि जीपको एकतर्फी भाडा १ हजार ४५० बाट बढाएर १ हजार ७५० पुर्याइएको छ। सरकारले सार्वजनिक यातायातको भाडा तथा पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ खोटाङले सोमबार दिक्तेलमा एक घण्टा चक्का जाम गरेको थियो। 

 

प्रकाशित: ९ आश्विन २०७५ ११:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App