coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्रेसिडेन्सियल स्कुलकाे दीक्षान्त समाराेह

काठमाडाैं- अमेरिकाकाे वेष्टक्लिफ युनिभर्सिटीकाे सम्बन्धमा सञ्चालित प्रेसिडेन्सियल बिजनेश स्कुलले अाफ्नाे तेस्राे दीक्षान्त सम्पन्न गरेकाे छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे प्रमुख अतिथ्यतामा सम्पन्न साे दीक्षान्त समाराेहमा बिबिए र एमबिए गरेर १ सय ५० विद्यार्थीहरू दीक्षित भएका थिए। साे अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दीर्घकालिन राजनीतिक तथा सामाजिक परिवर्तनकाे प्रभाव शैक्षिक क्षेत्रमा परेकाे बताए। 'सबै जातजाति, भाषाभाषी, वर्ग, समूह र क्षेत्रका जनताकाे पहुँच र सहभागिता राज्यका सबै निकायमा स्थापित गर्न गरिएका अान्दाेलन सफल भएका छन्। अब हामी विकास र समृद्धिकाे युगमा प्रवेश गरेका छाैं। यसमा शैक्षिक क्षेत्रकाे महत्वपूर्ण भूमिका रहन्छ', उनले भने।

समाराेहमा वेष्ट क्लिफ युनिभर्सिटीका प्राेभाेस्ट प्राडा डेविड मेकिनी नेपालमा केही दशक अघिसम्म पनि शिक्षामा सिमित व्यक्ति वा वर्गहरूकाे मात्र पहुँचमा रहेकाे बताउँदै नेपालले छाेटाे अवधिमा शिक्षा क्षेत्रमा गरेकाे विकास अकल्पनीय रहेकाे दाबी गरे। 'अाज यहाँ विश्वस्तरीय शिक्षा प्राप्त गरेर तपार्इंहरू ग्राज्युएट हुनु भएकाेमा मलार्इ खुशी लागेकाे छ। मलार्इ विश्वास छ तपार्इहरूले अार्जन गरेकाे शिक्षा अाफ्नाे देशका लागि उपयाेगी हुने छ', उनले भने।

प्रकाशित: ९ आश्विन २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App