८ वैशाख २०८१ शनिबार
प्रविधि

स्मार्टफोनपछि ल्यापटप र डेस्कटपमापनि फेसबुक लाइभ फिचर

 क्यालिर्फोनिया–विश्वप्रसिद्ध सामाजिक संजाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने भएको छ।
फेसबुकले एक विज्ञप्ति जारी गर्दै हालसम्म एप्पल र एन्ड्रोइड स्माटएफोनमा मात्र उपलब्ध रहेको फेसबुक लाइभ फिचर  ल्यापटप र डेस्कटपमासमेत सुरु गर्न लागेको जनाएको छ।

फेसबुकले हाललाई उक्त फिचर परीक्षणकालागि केही प्रयोगकर्तालेमात्र प्रयोग गर्न सक्ने जनाएको छ। फेसबुकका एक उच्च कर्मचारीले भने, ‘हामीले विषेशत केही पत्रकार तथा केही लेखकको आग्रहमा डेस्कटप र ल्यापटपमासमेत फेसबुक लाइभ फिचर सुरु गर्न लागेका हौं।’ उनले फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकको वालमा रहेको स्ट्याटस कम्पोजरसँगै रहेको लाइभ भिडियो नामक फिचर प्रयोग गरी प्रत्यक्ष भिडियो प्रसारण गर्न सक्ने जनाए।

तर फेसबुकले एप्पल र एन्ड्रोइड स्माटएफोनमा सुरु गरेको फेसबुक लाइभ फिचरको प्रयोगकर्ताले अनावश्यक प्रयोग गरेको भन्दै विरोध हुँदै आएको छ।

 

प्रकाशित: ३ आश्विन २०७३ ०९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App