coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बिदा भए मिस नेपाल

काठमाडौं – विश्वका विभिन्न देशमा हुने सुन्दरी प्रतियोगितामा भाग लिने मिस नेपालको विदाइ गरिएको छ । सोमबार राजधानीमा मिस नेपाल आयोजक हिडन ट्रेजरले मिस नेपालको विभिन्न विधाका विजेतालाई विदाइ गरेको हो।

केही महिना पहिले हिडन ट्रेजरले विश्वका चार ठूला सुन्दरी प्रतियोगिताका लागि नेपालबाट विजेताहरू छनोट गरेकोे थियो । जस अनुसार शृंखला खतिवडा  मिस वल्र्ड, मनिता देवकोटा मिस युनिभर्स, प्रिया सिग्देल मिस अर्थ र रोनाली अमात्य मिस इन्टरनेसनलमा प्रतिस्पर्धाका लागि छनोट भएका थिए।

आयोजकले सोमबार गराएकोे जानकारी अनुसार मिस नेपाल अर्थ विजेता प्रिया सिग्देल सबैभन्दा पहिले प्रतिस्पर्धाका लागि फिलिपिन्सको मनिला जाँदैछिन् । आयोजक हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले प्रिया नोभेम्बर ३ मा हुने प्रतियोगिताका लागि अक्टोबर ५मा त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी गराए । त्यसैगरी मिस इन्टरनेसनलका लागि रोनाली आमात्य अक्टोबर २० मा जापान प्रस्थान गर्नेछिन् भने शृंखला खतिवडा मिस वल्र्डको प्रतिस्पर्धाका लागि नोभेम्बर १०मा चीनको सान्या प्रस्थान गर्नेछिन् । मिस युनिभर्समा प्रतिस्पर्धा गर्ने मनिताको भने जाने मिति अझै तय भइनसकेको आयोजकले जनाएको छ । मिस इन्टरनेसनल नोभेम्बर ९ , मिस वल्र्ड डिसेम्बर ९ र मिस युनिभर्सको अन्तिम प्रतिस्पर्धा यही सालको डिसेम्बर १७ मा हुँदैछ।

मिस नेपालका विभिन्न विधाका विजेता सुन्दरीहरूले पूर्ववत् सुन्दरीहरूले यो सालको सहभागिता अनुभवका लागि मात्र नभइ कुनै न कुनै उपाधिका लागि हुने विश्वास व्यक्त गरे । मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने शृंखलाले चार जनामध्ये कोही न कोही भरिहात फर्कने दाबी गरिन्।

‘कुनै न कुनै उपाधि देशका लागि ल्याउने विश्वासका साथ तयारी गरिरहेका छौं,’ उनले भनिन्, ‘हामीलाई विश्वास छ यो पटक हामी सकभर खालीहात नफर्कने विश्वासका साथ मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्दैछौं ।’ शृंखलाले मिस वल्र्डमा महत्वपूर्ण मानिने ‘ब्युटी विथ प्रपोज’का लागि मकवानपुरको चेपाङ बस्तीमा बनेको स्वास्थ्य चौकीलाई प्रस्तुत गर्ने बताइन् भने मिस अर्थ प्रिया सिग्देललले पोखरालाई इको फ्रेन्ड्ली बनाउन प्रयास गरेको भिडियो देखाएकी थिइन्।

आयोजकले नेपाली ट्रेनरसँगै यो पटक फिलिपिन्सबाट प्रशिक्षक बोलाइ ९ दिनसम्म चारैजना प्रतियोगीलाई विभिन्न विषयमा ट्रेनिङ दिएको जानकारी गराएको थियो।

प्रकाशित: ९ आश्विन २०७५ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App