७ वैशाख २०८१ शुक्रबार
खेल

माहिका र प्रेरणा फाइनलमा

माहिका राणा

काठमाडौं – ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलमा माहिका राणा र प्रेरणा कोइराला फाइनलमा प्रवेश गरेका छन्। 

सातदोबाटोस्थित टेनिस कोर्टमा सोमबार भएको सेमिफाइनल खेलमा माहिकाले अभिलाषा विष्टलाई ६–२, ६–१ सोझो सेट पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । सोमबारै सम्पन्न अर्को सेमिफाइनल खेलमा प्रेरणा कोइरालाले मायंका राणालाई ३–६, ७–६ ६–४ को रोमाञ्चक सेटमा पराजित गरिन् । प्रेरणाले उपाधिका लागि माहिकासँगको भेट पक्का गरेकी हुन्। 

पुरुष एकलतर्फ निक रासट्रपले निशान श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनमा स्थान बनाए । रासट्रपले लगातारका सेटमा ६–०, ६–० को जित निकालेका थिए । सोमबारै सम्पन्न अर्को क्वार्टरफाइनल खेलमा प्रदीप खड्काले नवीन मगरलाई ६–३, ६–२ ले स्तब्ध पार्दै सेमिफाइलन यात्रा तय गरे। 

यसै गरी जितेन्द्र परियार र सन्तोष खत्रीले आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । खेलमा जितेन्द्रले कमल भण्डारीलाई ६–०, ७–६ को सेटले हराएका थिए भने महेश श्रेष्ठ रिटायर्ड हर्ट हुँदा सन्तोष विजयी घोषित भएका थिए। 

 

प्रकाशित: ९ आश्विन २०७५ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App