coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फर्निचर एक्स्पोमा ३ सयदेखि ३ लाख सम्मको फर्निसिङ सामान

काठमाडौं– असोज ४ गतेदेखि भृकुटीमण्डपमा जारी छैटौं फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ सोमबार सकिएको छ। 

३ सय देखि ३ लाख सम्मका सामान राखिएको एक्स्पो ७५ हजारभन्दा बढी उपभोक्ताले अवलोकन गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ। सयभन्दा बढी स्वेदेशी तथा विदेशी ब्रान्ड तथा कम्पनी सहभागी एक्स्पोमा सहभागी सबै प्रदर्शकले दशैं लक्षित छुटमा सामान उपलब्ध गराएका थिए।

विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहेका कारण अवलोकनकर्ताको भीड लागेको आयोजकको भनाइ छ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण बनेका छन्। यसका साथै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका उत्पादनमा अवलोकनकर्ताको भीड देखिएको छ। एकै छाना मुनी आफूलाई आवश्यक सबै उत्पादन खाज्नेका लागि एक्स्पो एक उपयुक्त केन्द्र बनेको उपभोक्ता र आयोजकको भनार्इ छ।

करिब ६० प्रतिशत बजार हिस्सा ओगट्न सफल नेपाली फर्निचर उद्योग आफ्नो बजार विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा छ।

प्रकाशित: ८ आश्विन २०७५ १६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App