८ वैशाख २०८१ शनिबार
खेल

हरि बने फुल कन्ट्याक्ट कराते प्रतियोगिताकाे च्याम्पियन

काठमाडौं - आईएफकेकेका हरि दनुवार प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ६० केजीमा च्याम्पियन बनेका छन्। साेमवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा भएको फाइनलमा हरिले आईकेकेएफका बलराम घिसिङलाई पराजित गरे। आईएफकेकेका रमेश दनुवार तेश्रो भए।

इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा क्योकुसिन वज्रका महेश भुजेलले स्वर्ण जिते। उनले फाइनलमा आईकेएफएफ जोरपाटीका आङनिमा शेर्पालाई हराए। सो क्योकुसिनका काजु लामा तेश्रो बने।

पुरुष २५ केजीमा धिकी तामाङ पहिलो, सुदीप लामा दोश्रो र समिर लिम्बू तेश्रो स्थानमा रहे। शीर्ष तीन स्थान हात पार्ने सबै आईकेकेएफ जोरपाटीका हुन्। पुरुष ३५ केजीमा एयरपोर्ट डोजाका अनमोल माझीले शीर्ष स्थान हात पारे। उनले फाइनलमा सो क्योकुसिनका त्रिलोक ब्लोनको चुनौती समाप्त पारे। सो क्योकुसिनकै सुजन तामाङले तेश्रो स्थानमा चित्त बुझाए।

महिला ४५ केजीमा एपीएफकी दीपा शाहीले स्वर्ण चुमिन्। फाइनलमा दीपाले आईएफकेकेकी श्रेया राईलाई पाखा लगाइन्। आईएफकेकेकी सरस्वती बोहरा तेश्रो भइन्। विजेतालाई प्रदेश सांसद रत्नप्रसाद ढकाल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि प्रतियोगिताको नेपाल क्योकुसिन कराते संघ वज्रका अध्यक्ष जगतप्रसाद गौचनले उद्घाटन गरेका थिए। एकदिने प्रतियोगितामा ५३ खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: ८ आश्विन २०७५ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App