१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विकास र समृद्धिका लागि सम्पूर्ण पार्टीबीच सहकार्य अावश्यक : पोखरेल

मकवानपुर - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आर्थिक विकास र समृद्धिका लागि सबै पार्टीले हातेमालो गर्नैपर्ने अवस्था आएको बताएका छन्। मकवानपुरको भीमफेदी स्थित महेन्द्र माध्यामिक विद्यालयको हीरक जयन्ती महोत्सवको अवसरमा नवनिर्मित भवनको सोमवार उद्घाटन गर्दै उनले आर्थिक विकास र समृद्धिको एजेण्डा कांग्रेसदेखि राप्रपासम्मको भएको दाबी गरे।

‘अब यी एजेण्डामा हामी सबै एक ठाउँमा उभिनु पर्छ,’ उनले भने, ‘आर्थिक विकास र समृद्धीको एजेण्डा कम्यूनिष्टहरुको मात्र हुनु हुँदैन, त्यो कांग्रेस, राप्रपा र अन्य पार्टीहरुको पनि एजेण्डा बन्नुपर्छ।’ आर्थिक विकास र समृद्धिका लागि साझा एजेण्डामा अगाडी बढ्नुपर्नेमा जोड दिदै उनले गैरराजनैतिक व्यक्तिहरुले समेत मुलुकको खाँचो पुरा गर्न आर्थिक विकास र समद्धिका लागि एकताबद्ध हुनुपर्ने बताए।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी र मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीतर्फ लक्षित गर्दै कार्यवहाक प्रधानमन्त्री समेत रहेका उनले अव हिंसापूर्ण राजनीतिको समय अन्त्य भईसकेको दावी गरे। ‘अब पनि देशमा काेहि हिंसा र आतंक मच्चाउने कुरा गर्दछ भने त्याे मुलुक र जनताको हितमा हुन सक्दैन।’ पाेखरेलले भने।

यस्तै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल, सुखी नेपाली अभियानमा दृढताका साथ लागि परेको बताए। प्राकृतिक र भौतिक श्रोत साधनको सदुपयोग गर्न सके समृद्धि हासिल गर्न सहज हुने भन्दै उनले मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीलाई ऐतिहासिक शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ८ आश्विन २०७५ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App