coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

यौन प्रस्ताव अस्वीकार गर्दा एसिडले लियो ज्यान (भिडियाे)

काठमाडाैं - गत भदौ २६ गते मंगलबार राति एसिड आक्रमणमा परेकी चन्द्रनिगाहपुर ६ की १७ वर्षीया सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको छ। उपचारको क्रममा किटाणुको संक्रमण बढ्दै गएको र किटाणुको असर अन्य अंगमा पनि बढ्दै गएकाले उनको मृत्यु भएको डा.सुरेन्द्र बस्नेतले बताएका छन्। उनका अनुसार एसिडले जलेको भाग निकालेर फालेपछि त्यस भागमा शरीरकै अन्य स्थानबाट छाला ल्याएर पुर्नुपर्ने हुन्छ।

‘१७ बर्षे सम्झना दासको छाला भर्ने प्रक्रिया त पुरा भयो तर त्यसपछि हुने इन्फेक्सनबाट बचाउन सकिएन’, चिकित्सक सुरेन्द्र बस्नेतले भने। सम्झनामाथि आफ्नै छिमेकी, साइनोमा ठुलोबुवा पर्ने रामबाबु पासवानले आफ्नो यौन प्रस्ताव नस्वीकारेको भन्दै एसिड छ्यापेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी अहिले प्रहरी हिरासतमा छन्। कान्छी आमासँग रहदै आएका दास दिदीबहिनीकी आमा धनमाया तामाङ छोरीहरु अस्पतालमा भएको खबर पाएर मलेसियाबाट फर्किएकी थिइन।

प्रकाशित: ८ आश्विन २०७५ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App