८ वैशाख २०८१ शनिबार
राजनीति

कम्युनिष्टको अधिनायकवाद राेक्न कांग्रेस नयाँ स्वरूपमा : देउवा

फाइल तस्बिर

काठमाडौं, – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्टको एकदलीय अधिनायकवाद बढिरहेको भन्दै त्यसलाईलाई रोक्न पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार पार्टी विधान संशोधनका लागि आयोजना गरीएको दुई दिने कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पार्टी संगठन मजबुत बनाएर कम्युनिष्टसँग लड्ने बेला आएको धारणा राखेका हुन्।

‘आजको कम्युनिष्ट सरकार अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन र अधिनायकवाद छेक्न कांग्रेसलाई नयाँ ढंगले बलियो बनाउनुको अर्को विकल्प छैन,’ देउवाले भने, ‘कांग्रेसलाई अझ बलियो राजनैतिक दलका रुपमा अघि बढाउन केबल कांग्रेसका लागि होइन सिंगो देशका लागि जरुरी छ।’

कांग्रेसले नै मुलुकमा विद्यमान सबैखाले अधिनायकवादबाट मुक्त गराएर लोकतन्त्र बहाली गराएको स्मरण गराउँदै देउवाले भने, ‘कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्रको रक्षाका लागि अब कांग्रेस नयाँ ढंगले अघि बढ्नुपर्छ।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजयपछि कांग्रेसका नेता तथा कार्यकर्तामासमेत निरासा छाइरहेका बेला सभापति देउवाले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउने अवसर र चुनौति आएको तर्क गरे । ‘कांग्रेसको जीवनमा यो एक ऐतिहासिक अवसर हो । ऐतिहासिक घडी हो ,’ उनले भने, ‘पार्टीलाई आधुनिक राज्य व्यवस्था अनुरुप अघि बढ्न यो साँच्चै डिर्पाचरको समय हो।’

२००७ साल र ४६ सालको परिवर्तन मात्र नभएर गिरिजाप्रसाद कोइराला नेतृत्वमा शान्तिको स्थापना, सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण भएको स्मरण गराउँदै देउवाले भने, ‘मेरो कार्यकालमा निर्वाचनमार्फत संविधान कार्यान्वयन भएको छ । अव, त्यो संविधानलाई संस्थागत गर्न र सफल बनाउन हाम्रो संशोधित विधानले हाम्रो पार्टी नयाँ ढंगले पुर्नगठित र संगठित गर्नेछ।’

नयाँ संविधानको व्यवस्था अनुसार पार्टी विधानलाई परिर्वतन गर्नु आवश्यक रहेको औलयाउँदै देउवाले भने, ‘विधान कस्तो बनाउँदा आजको समयमा कांग्रेसलाई बलियो र लोकप्रिय बनाउन सहज हुन्छ, गम्भीर छलफल गर्न अनुरोध गर्दछु।’

पार्टीको महासमिति बैठकले विधानलाई पारित गरेपछि कांग्रेस नयाँ अभियानमा प्रवेश गर्ने जनाउँदै देउवाले भने, ‘पार्टीका साथीहरुलाई विगतका कुरामा मात्रै नअल्मलिएर अब पार्टी र देशको आगामी भविष्यका लागि केन्द्रीत हुन म अपिल गर्दछु।’

यस्ताे छ काँग्रेसकाे विधान संशाेधनकाे प्रस्तव(पूर्ण पाठसहित)

नयाँ संविधान अनुसार पार्टीको सांगठनिक स्वरुप परिर्वतन गर्न कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठित विधान मस्यौदा समितिले विभिन्न १२ स्थानमा सोमबारबाट सुझाव संकलन सुरु गरेको छ । विधानको पहिलो मस्यौदासहित समितिले इलाम, मोरङ, धनुषा, पर्सा, सानेपा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, सुर्खेत र कैलालीमा आसपासका जिल्लालाई समेटेर कार्यक्रम गरी रहेको छ। दुई÷दुई दिने कार्यक्रम अन्र्तगत सोमबार इलाम, ललितपुर, सुर्खेतमा सुझाव संकलन सुरु भएको छ।

मस्यौदा समितिले तयार गरेको पहिलो मस्यौदामा समिति सदस्यहरुबीच पार्टी केन्द्रीय समितिको आधार, सदस्यता प्रकार, सभापतिको अधिकारका साथै पदाधिकारी संख्या जस्ता महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको छैन । जसले गर्दा विभिन्न विकल्पहरुलाई समेटर कांग्रेसले पहिलो मस्यौदा तयार गरेको छ ।

८५ जनाको कार्यसमिति रहेको कांग्रेस १ सय३ देखि १ सय ३३ भित्र रहनेगरी मस्यौदा तयार गरेको समितिले पार्टी पदाधिकारीको संख्यामा १० पु¥याउनेसहितका विभिन्न विकल्प छन् । सभापतिको मात्र निर्वाचित गरेर अन्य पदाधिकारी मनोनित गर्ने अधिकार सभापतिलाई दिने प्रस्ताव पनि समेटीएको छ ।तर, केन्द्रीय समिति सबै निर्वाचित गर्ने वा कति मनोनित कति निर्वाचित भन्ने खुलाइएको छैन ।

संविधानको व्यवस्था अनुसार कांग्रेसले तल्लो तह देखि नै पार्टीको सांगठनिक संरचनालाई समावेसी बनाउने गरी विधान मस्यौदा तयार गरेको छ ।

पार्टीको प्रदेश संरचनालाई पनि केन्द्रको जस्तै संसदीय समिति, कार्यसम्पादनसहितका सबै तह राखेर मस्यौदा तयार गरीएको छ । साथै, प्रदेशमा रहेको जातजातिको संख्याको आधारमा प्रदेश समितिको आधार थपघट हुनेगरी समिति बनाउने प्रस्ताव छ ।

कांग्रेसमा पार्टीको सदस्यता कस्तो हुने भन्नेमा पनि विभिन्न विकल्प दिइएको छ । विद्यमान दुई प्रकारको सदस्यता खारेज गरेर एकै प्रकार बनाउनु पर्ने धारणा पनि छ भने अहिलेकोलाई अझ व्यापक बनाएर चार वटामा वर्गीकरण गर्ने प्रस्ताव पनि छ ।

महाधिवेशन प्रतिनिधि र प्रदेशसभा प्रतिनिधि एउटै हुने की फरक फरक हुने भन्नेमा मस्यौदामा फरक फरक विकल्प राखिएको छ । महाधिवेशन प्रतिनिधिको संख्याका विषयमा पनि विभिन्न विकल्प समेटीएको छ । समितिमा अझै सहमति जुट्न भने सकेको छैन । फरक फरक विकल्पसहितको मस्यौदा तयार गरिएको छ ।

खड्का नेतृत्व समितिले तीन उपसमितिले गठन गरेर तयार गरेको विषयगत मस्यौदालाई एकीकृत बनाउँदै कांग्रेसले आठ तहको सांगठनीक संरचना बनाउने प्रस्ताव तयार गरेको छ ।

जिल्ला कार्यसमितिको अधिकार कटौति गर्ने प्रस्ताव आएपनि कांग्रेसले जिल्लाको भूमिकालाई प्रभावकारी बनाउने गरी मस्यौदा तयार गरेको छ ।

प्रकाशित: ८ आश्विन २०७५ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App