विदेशमा आर्जन गरेको सिप स्वदेशमा भित्र्याउन विश्व विज्ञ सम्मेलन

सोमबार, ०८ असोज २०७५, १७ : १४ नागरिक

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ ( अक्टोवर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताए।

विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र अनुभवलाई पनि नेपालको समृद्धिका लागि उपयोग गर्ने उदेश्यका साथ सम्मेलन आयोजना हुन लागेको शर्माको भनाई छ। 'विदेशमा सिकेको ज्ञानलाई स्वदेशमा पुर्याउने एनआरएनको उदेश्य नै हो', शर्माले भने, 'हामी यसलाई कार्यान्वयनको चरणमा पुर्यारउन चाहन्छौं।' विदेशमा सिकेको ज्ञान, सीप, र प्रविधिको नेपाल सुहाँउदो प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित हुने छ। वैदेशिक रोजगारीमा जानेहरु र अध्ययन, अध्यापनको क्रममा विदेशमा रहेका नेपालीहरुले सिकेको सीपलाई सरकार र एनआरएनले प्रयोगको उपयुक्त वातावरण बनाउनु पर्छ भन्ने सोचका साथ सम्मेलन आयोजना भएको - सम्मेलनका अर्का संयोजक तथा एनआरएनका उपाध्यक्ष कुमार पन्तको भनाई छ।

सम्मेलनको पहिलो दिन साझ प्रधानमन्त्री केपो ओलीबाट उद्घटान र दोश्रो दिन चारवटा प्लेनरी सत्र रहेको छ। पहिले सत्रमा नेपालको विज्ञान तथा प्रविधीको नीति, प्राविधिक जनशक्तिको अवस्था लगायत विषयमा छलफल हुनेछ। दोश्रो सत्रमा ज्ञानमा आधारित आर्थिक विकास र देशले लिने आर्थिक विकासको बाटोका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। तेश्रो सत्रमा नेपाललाई उपयुक्त हुने नयाँ प्रविधीको संभावना र यस क्षेत्रमा लगानी बिषयमा छलफल हुनेछ। नेपालको विकासको नीति निर्माणमा डायस्पोराको कस्तो भुमिका हुन्छ भन्ने बिषयमा समेत छलफल हुने छ।

दोश्रो दिन कृषि स्वास्थ्य, शिक्षा, भौतिकविकास तथा ईन्जिनियरीङ, वैकल्पिक उर्जा, विज्ञान तथा प्रविधी, जोखिम न्यूनिकरण, वातावरणीय प्रदुषणदेखि लिएर फाईनान्सियल रेफर्म, सामाजिक सुरक्षा लगायतमा छलफल गर्ने कार्यक्रम छ। तेश्रो दिनको कार्यक्रममा आमन्त्रितको मात्र सहभागीता हुनेछ, त्यहाँ सम्मेलनको समिक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरेर सम्मलन सकिने उनले बताए। सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्शको कार्यक्रम रहेको छ। सम्मेलनका सबै बिषयहरु आम जन जिविकासँग जोडिएको उनले दावी गरे। यसका साथै सरकारका विकासका प्राथमिकता परेका बिषय पनि सम्मेलनका छलफलका विषय हुन्।

कृषि उत्पादन र उर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणिय प्रदुषण न्युनिकरण, व्यवस्थित शहरको विकास, पुर्वाधार विकास, जलविद्युत, व्यवसाहिक शिक्षा, स्वास्य शिक्षा, संघीयतामा शिक्षाको मोडल आदि विषयमा सम्मेलनमा छलफल हुने डा. शर्माले बताए। सम्मेलनमा नेपाल भित्र र बाहिर रहेका विज्ञहरु, नेपालको बारेमा चासो राख्ने विदेशी विज्ञहरु, नेपाल सरकारका नीति निर्माता, स्वतनन्त्र वुद्धिजीवि, नेपालको निजी क्षेत्र, नेपालस्थित कुटनीतिज्ञ लगायत सबै क्षेत्रका विज्ञको सम्मेलनमा सहभागिता रहने आयोजकले बताएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा

सिभिल बैंकको शाखा अब झापाको सुरुङ्गामा

सिभिल बैंक लिमिटेडले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले...

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोन क्यामराबाट राम्रो तस्विर कसरी खिच्ने ?

स्मार्टफोनमा क्यामरा नै अहिलेको लागि स्मार्टफोनको सबैभन्दा महत्व फिचर मध्ये एक बन्न पुगेको छ ...

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक...

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा सृंखला खतिवडा , उदय छात्रवृत्ति अन्तर्गत २५ विद्यार्थीले पाए २५ हजार

महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पुर्व मिस नेपाल सृंखला खतिवडा नियुक्त भएकी छिन | ...

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...