निर्मला हत्याकाण्ड : २ महिना पुरा, छात्रामा त्रास कायमै

सोमबार, ०८ असोज २०७५, १४ : ४० राजेन्द्र भट्ट

महेन्द्रनगर - सोमवार निर्मला पन्त बलात्कार र हत्या भएको ६० दिन पुग्यो, अर्थात दुई महिना। घटनाका दोषी अझै ओझेलमा छन्। अनुसन्धानका लागि केन्द्रबाट चार टोली आएपनि, जवाफमा एकै शब्द आउँछ, 'अनुसन्धान जारी छ।' घटनापछि परिवारका सदस्यको पीडा एक तर्फ छ, उनका सहपाठी र विद्यालयमा अध्ययनरत छात्राले नियमित विद्यालय आउनै छाडेका छन्। त्यतिमात्रै नभएर यो घटनापछि निर्मला अध्ययनरत विद्यालयमा कक्षा ११ मा छात्राहरुकाे भर्नादर समेत घटेकाे छ। छात्राहरुकाे असुरक्षाका कारण भर्ना घटेको विद्यालयका प्राचार्य जगन्नाथ पाण्डेयले बताए। अघिल्लो बर्ष ३९ विद्यार्थी भर्ना भएकोमा २६ छात्रा थिए याे वर्ष भने कुल ३२ जना मध्ये नौ जना मात्रै छात्रा भर्ना भएका छन्।

सरस्वती उच्च माविका प्राचार्य पाण्डेयले निर्मला घटनापछि त्रास बढेको बताए। 'धेरै जसो विद्यार्थी वार्ड नम्बर १८ बाट आउने र त्यो वार्ड घटनास्थलबाट पश्चिम तर्फ भएकाले त्यहाँका विद्यार्थीले यसपाली यहाँ आउन मानेनन्' उनले भने, ‘जहाँ निर्मलाको घटना भएको थियो त्यसपारीका विद्यार्थीका अभिभावक पनि त्रसित भएकाले यहाँ भर्ना गर्न मानेका छैनन्।’निर्मलाले अध्ययन गरेकाे विद्यालय
यस्तै विद्यालयकी शिक्षिका देवकी पाण्डेयले घटनापछि छात्राहरु त्रसित भएकाे बताइन्।‘भयावह अवस्था छ, सबै आतंकित छन्, विद्यार्थी नियमित आउँदैनन्, ढिलो आउने चाँडो जाने गर्छन्’ शिक्षिका पाण्डेयले भनिन्, ‘विद्यार्थीको मानसिक अवस्था विचलनमा भए जस्तै छ, अध्ययनमा ध्यान कम हुन्छ, छात्रा डराएको हामीलाई महशुस हुन्छ।’

निर्मलाकी सहपाठी लक्ष्मी बडु अझै घरबाट आउँदा डर लाग्ने गरेकाे बताउँछिन्। ‘घर बाहिर निस्किँदा डर लाग्छ, बाटोमा एक्लै हिड्न सक्दिन' उनले भनिन्, ‘पहिले एक्लै पनि विद्यालय आउँथे अचेल साथीहरु या भाईसँग मात्रै आउने गरेकी छु।’यो घटनापछि विद्यालयमा हुने अतिरिक्त कक्षा समेत संचालन हुन सकेका छैनन्। शिक्षिका पाण्डेयले भनिन् अतिरिक्त क्रियाकलाप पनि समयका कारणले गर्न सकेका छैनौं। 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad