coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाजुरामै सुरु भयाे जटिल प्रकृतिका शल्यक्रिया

बाजुरा - जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा जटिल प्रकृतिको शल्यक्रिया हुन थालेको छ। पेटको आन्द्रा देखि अन्य भागहरुको जटिल प्रकृतिको शल्यक्रिया जिल्ला स्वास्थ्य कार्यालय मै हुन थालेको हो। संरचना र दक्ष चिकित्सक अभावमा रहने जिल्ला अस्पताल केही समयदेखि भने सुविधा युक्त बनेको छ।

स्वास्थ्य कार्यालयमा डाक्टर दुर्गा महर्जन आईसकेपछि विभिन्न खालका विरामीको शल्यक्रिया सहितको उपचार संभव भएको हो। सामान्य चेकजाँच गर्ने र सामान्य खालको अप्रेशनका लागि समेत जिल्ला वाहिर रिफर गर्ने समस्या समेत हटेको छ। शल्यक्रिया मार्फत बच्चा जन्माउने देखि शरिरका संवेदनशिल भागको समेत शल्यक्रिया जिल्लामै गर्ने गरिएको कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए। १ जना डाक्टर समेत उपलब्ध नहुने जिल्ला स्वास्थ्य कार्यालयमा बिगतका केही वर्ष यता भने खाली भएको अवस्था छैन्।

हाल जिल्ला स्वास्थ्य कार्यालयमा तीन जना एमबिबिएस डाक्टर कार्यरत छन् भने प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा समेत २ जना डाक्टर कार्यरत छन्। जिल्लामा नियमित डाक्टर बस्ने गरेका कारण आर्थिक रुपमा विपन्न र जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने परिवारका लागि सहयोग पुगेको छ। 

प्रकाशित: ८ आश्विन २०७५ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App