coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइएमईको दसैंमा २० लाख योजना

काठमाडाैं - रेमिट्यान्स सेवा प्रदायक आइएमईले दसैं, तिहार र छठको अवसरमा सेवाग्राहीमुखी प्रवद्र्धन योजना सार्वजनिक गरेको छ । ‘दसैंमा २० लाख’ नामको यो योजना असोज ७ गतेदेखि २०७५ साल मंसिर मसान्तसम्म लागू हुने कम्पनीले जनाएको छ। योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सेवाग्राहीमध्येबाट एकजनालाई बम्पर पुरस्कारको रुपमा २० लाख रुपैयाँ नगद दिइने कम्पनीले जनाएको छ।

योजना अवधिभरको कारोबारलाई आइएमईको सफ्टवेयर पद्धतिमा लिंक गरी ‘लक्की ड्र’बाट विजेता छनोट हुने कम्पनीले जनाएको छ। आइएमईमार्फत कारोबार गर्ने सेवाग्राहीमध्येबाट हरेक दिन १० जनालाई ‘आइएमई पे’मार्फत एक हजार रुपैयाँको बिल भुक्तानी सुविधा र हरेक हप्ता एकजनालाई १० हजार रुपैयाँ नगद पुरस्कार दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी प्रत्येक महिना लक्की ड्रबाट एकजनालाई एक लाख रुपैयाँ नगद दिने कम्पनीको योजना छ।

‘लक्की ड्र’बाट विदेशमा रहेका सेवाग्राही छानिए विजेताको सिफारिसमा नेपालमा रहेका आफन्तलाई पुरस्कार रकम हस्तान्तरण गरिने कम्पनीले जनाएको छ।

उपहार कार्यक्रममा सहभागी हुन सेवाग्राहीले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ।

आइएमईले एक सय ८१ आइएमई सेन्टर सहित ७७ जिल्लाका आठ हजार पाँच सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले पठाएको रकम नेपालमा रहेका उनीहरुको आफन्तको हातमा पु¥याइरहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ आश्विन २०७५ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App