coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रियल मड्रिड विजयी

मड्रिड– स्पेनीस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले इस्प्यानीयोललाई पराजित गरेको छ ।

जारी लिगमा लगातार चौथो जित हात पार्ने क्रममा रियल मड्रिडले इस्प्यानीयोललाई २–० गोल अन्तरले पराजित गरेको हो।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र ग्यारेथ वेल विना मैदानमा उत्रिएको रियल मड्रिडलाई जेम्स रोड्रिग्य¬जले खेलको ४५ औैं मिनेटमा गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए।

खेलको दोस्रो हाफमा पनि आफ्नो दबाब कायम राखेको रियलका करिम बेन्जामिनले खेलको ७१ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए। त्यसपछि खेलमा क¬नै गोल भएन र खेल रियल मड्रिडले २–० ले आफ्नो पक्षम पार्न सफल भयो ।

यस जितसँगै रियलले स्पेनिस ला लिगाअन्तर्गत लगातार १६ जित हात पार्दै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको छ।

जारी लिगमा रियल मड्रिडले चार खेलमा चार जितका साथ १२ अंक जोड्दै लिगको शिर्ष स्थानमा रहदाँ  बार्सिलोना भने ९ अंकका साथ दोस्रो स्थानमा  रहेको छ। चार खेलबाट समान ९ अंक  भएको लस पाल्मस गोल भिन्नताा आधारमा तेस्रो स्थानमा रहदाँ एथ्लेटिको मड्रिड भने ८ अंकसहित लिग तालिकाको चौथो स्थानमा रहेको छ।
 

प्रकाशित: ३ आश्विन २०७३ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App