coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ल्हासामा नेपाली पौभा

काठमाडौं – नेपाली पौभा कलाकार राजप्रकाश तुलाधरले आफूले बनाएका थाङ्का कलालाई चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रदर्शन गरेका छन्। थाङ्का चित्र बनाउने देशका सहभागीलाई आमन्त्रण गरिएको चार दिने ‘चाइना इन्टरनेसनल थाङ्का फेस्टिभल’ मा राजप्रकाशले नेपालको प्रतिनिधित्व गरेका थिए। यो फेस्टिभलमा नेपालसहित सात मुलुकका कलाकारको सहभागिता थियो।

कलाकार तुलाधारले नेपाली परम्परागत पौभा कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन फेस्टिभल उपलब्धिमूलक रहेको बताए। ‘फेस्टिभलमा नेपाली कलाका बारेमा अन्य मुलुकका कलाकार तथा कला पारखीले निकै चासो राखेका थिए,’उनले भने, ‘यस्ता फेस्टिभलले नेपाल र चीनबीचको पुस्तौदेखिको सम्बन्धलाई अझ प्रगाढ बनाउनेछ।’

तिब्बतको ल्हासामा भएको फेस्टिभलमा सहभागिताका लागि पठाईएका दुई हजार चित्रमध्ये १ सय ६० वटा मात्र छनौंट भएका थिए।

प्रकाशित: ८ आश्विन २०७५ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App