७ वैशाख २०८१ शुक्रबार
समाज

‘धिक्कार होइन सकारात्मक व्यवहार गरौं’

काठमाडौं - धादिङका शिव श्रेष्ठ ११ वर्ष पुग्दा उनको व्यवहार असामान्य देखियो। पछि थाहा भयो उनी बौद्धिक अपांग रहेछन्। घर परिवारमा आमाबुवा र बहिनीले उनलाई राम्रै व्यवहार गरे पनि साथीभाइ र इष्टमित्रले गर्ने दुव्र्यवहारले उनलाई मानसिक पीडा हुन्थ्यो।

अहिले शिव २५ वर्षका भए। तर परिस्थिति फेरिएको छ । उनी देशविदेश जान्छन् र आपूmजस्तै बौद्धिक अपांग भएकालाई आत्मविश्वास जगाउने कार्यक्रममा सहभागी हुन्छन्। आइतबार त्रिपुुरेश्वरमा रहेको बल्र्ड ट्रेड सेन्टरमा आयोजित अपांगतासम्बन्धी राष्ट्रिय युवा सम्मेलनमा सहभागी थिए । ‘मलाई आफन्तले तैंले कसरी विवाह गर्छस् हेरौंला भन्थे । मैले सपांग र सक्षम महिलासँग विवाह गरेको छु,’ उनले नागरिकसँग भने।

कहिलेकाहीँ उनी केही वर्षअघि भोगेका दुव्र्यवहार सम्झन्छन् र झस्कन्छन्। ‘मलाई हेप्नेहरुले आज म विदेश गएर सेमिनारमा सहभागी भएको देख्दा छक्क पर्छन्,’ शिवले आत्मविश्वासका साथ सुनाए, ‘अपांगसँग सधैं सकारात्मक व्यवहार गर्नुपर्छ । कुनै औषधि नै चाहिँदैन।’ उनले थपे, ‘मलाई त अपांगलाई उडाउनेहरु नै बौद्धिक अपांग हुन् जस्तो लाग्छ।’

आपूm बौद्धिक अपांग भएको परिवारले थाहा पाएलगत्तै आमाबुवाले उपचार गराए पनि खासै सुधार नभएको उनको अनुभव छ । तर जब उनी राष्ट्रिय अपांग महासंघ नेपालसँग जोडिए तब उनको जीवनले नयाँ मोड लियो । ‘महासंघमा जोडिँदा अन्य साथीहरुको कुरा सुन्ने, आफ्नो समस्या सुनाउने मौका पाएँ। मैले घरपरिवार र आफन्तलाई भन्न नसकेको वर्षैदेखिको मनमा लागेको विषय धैर्यतापूर्व सुन्ने र त्यसलाई बुझ्न सक्ने साथी पाउँदा आन्तरिक शान्ति महसुस भयो,’ श्रेष्ठले सुनाए । ‘महासंघमा आएपछि मैले के थाहा पाएँ भने अपांगलाई गाली वेइज्जती गरेमा प्रहरीलाई खबर गर्नुपर्छ । मलाई गाली गर्नेका विरुद्ध मुद्दा हालेर पक्राउ गराएपछि मरो हिम्मत र आत्मविश्वास बढ्यो,’ उनी भन्छन्, ‘यति मात्र होइन अहिले म विदेशमा गएर अपांगका हकअधिकारका साथै आप्mनो धदिङ र देशको अवस्थाबारे बुझाउन सक्ने भएको छु।’

राष्ट्रिय अपांग महासंघ नेपाल र संयुक्त राष्ट्रिसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा आयोजना गरेको दुई दिने अपांग सम्बन्धी राष्ट्रिय युवा सम्मेनमा सहभागी हुन पोखराबाट आएकी कृष्णा थापाको पनि गुनासा उस्तै छ।

२७ वर्षीय कृष्णा जन्मजात अपांग होइनन् । उनी १३ वर्षको हुँदा उनको स्पाइनल समस्याले गर्दा उनको शरीरको तल्लो भाग चल्न छाड्यो । उपचारले पनि केही नलागेपछि उनले ह्विलचियरको सहारा लिनुप¥यो । तर उनले हिम्मत हारेकी छैनन् । हाल उनी पोखराकै पृथ्वीनारायण क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययन गर्छिन् । राजधानीमा अपांगको हकहितको बारेमा शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता विषयमा सम्मेलन हुने थाहापाएर यसबारे कानुनी, संवैधानिक र व्यवहारिक विषयबस्तुबारे स्पष्ट हुन आएको उनी बताउँछिन् । ‘अपांगमैत्री सडक र कलेज नभएकाले हामीलाई हिँडडुलमा निकै समस्या छ,’ उनी भावुक हुँदै भन्छिन्, ‘सडकमा ह्विलचियरमा हिँड्दा जिस्काउने र गाडी चालकले समेत हेप्छन् । के त्यो सही व्यवहार हो ’

उनी थप्छिन्, ‘एकातिर हामीलाई आफ्नै तनाव त्यहाँमाथि हामीलाई गरिने नकारात्मक व्यवहार । हामीले दोहोरो मारमा बाँच्नु परिरहेको छ।’

माथिका दुई पात्र अपांग क्षेत्रका केही उदाहरण मात्र हुन् । संयुक्त राष्ट्रसंघकी प्रतिनिधि भेलरी जुलियान्डले विश्वभर १ अर्बभन्दा बढी व्यक्ति कुनै न कुनै रुपमा अपांग भएको बताउँदै अति गरिब देशमा हरेक ५ व्यक्तिमा एक जना अपांग हुने गरेको तथ्यांक रहेको बताइन् । उनले त्यस्ता व्यक्तिलाई हामीले होच्याएर होइन उनीहरुको क्षमता पहिचान गरी त्यहीअनुसारको व्यवहार र सक्षम बनाउनतिर लाग्नुपर्ने बताइन्।

सहस्राब्दी दिगो विकास लक्ष्यमा अपांगता भएकाको हकअधिकार सुरक्षित गर्नुपर्ने उल्लेख भएको बताउँदै उनले दिगो विकासको लक्ष्यमा अपांगता भएकाहरुको हितका बारेमा उल्लेख भएको बताइन् । ‘विकासशील देशमा २० करोड मानिसमा अपांगता छ । जसमध्ये ८० प्रतिशत शिक्षा, स्वास्थ्य, रोजगार र उद्यमशीलताविहीन छन्,’ उनले भनिन्, ‘दुई दिने सम्मेलनबाट निस्केको निचोड हामीले सरकालाई बुझाएर नीति निर्माणतर्फ जोड दिने छौं।’

महासंघका अध्यक्ष सुर्दशन सुवेदीले युवालाई राजनीतिक स्वार्थ पूरा गर्ने प्रथा अन्त्य गरी अबको नेतृत्वमा युवाहरुको विशेष गरी अपांगता भएका युवाको पहुँच पु-याउने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको बताए।

संघकी उपाध्यक्ष टीका दहालले अबका युवालाई उत्पादनशील बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘अपांगता भएको नागरिकलाई उत्पादनशील बनाउन सम्मेलनलने मार्गनिर्देश गर्नेछ,’ दहालले भनिन्, ‘उत्पादनशील हुन समाजमा सेटल गराउने वातावरण राज्यले तयार पार्नुपर्छ।’

युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागिता जनाएको र पदक जितेकाहरुको अपांगताका हकमा जीविकापार्जनका लागि आर्थिक सहयोग गर्ने कार्यक्रम मन्त्रालयले तय गरेको जनाउँदै उनले नेपालमा पाराओलम्पिक खेलका लागि ८० लाख रकम छुट्टाएको बताए । ‘सम्मेलनले निकालेको निचोडलाई मन्त्रालयले अपांगतासम्बन्धि नीति कार्यक्रम तय गर्दा महत्वपूर्ण डकुमेन्टको रुपमा प्रयोग गरिन्छ,’ मन्त्री विश्वकर्माले भने, ‘अपांग मात्र होइन सपांग चेलिबेटी, दलितहरु अझै अधिकार सम्पन्न छैनन् । अपांगलाई समेटेर राज्य सँगसँगै जान तयार रहेको छ।’

प्रकाशित: ८ आश्विन २०७५ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App