रियो दि जेनेरीयो– ब्राजिलको राजधानी रियो दि जेनेरियोमा जारी समर पारा ओलम्पिक– २०१६ को भव्य समापन भएको छ।
ब्राजिललो राष्ट्रिय रंगशाला मराकानामा सोमबार बिहान सम्पन्न समर पारा ओलम्पिक– २०१६ को भव्य समापन समारोहमा ब्राजिलको आफ्नो मोैलिक सांस्कृतिक तथा जातिय विविधता झल्काउने झाँकी प्रर्दशन गरिएको थियो।
११ दिन चलेको प्रतियोगितामा १ सय ६० राष्ट्रका ४ हजार ३ सय ५० खेलाडीले सहभागिता जनाएका थिए। नेपालका लागि एथ्लेटिक्सका बिक्रम राना र पौडिकी लक्ष्मी क¬ँवर गरी द¬ई खेलाडीले सहभागिता जनाए पनि पदक भने हात पार्न सकेनन्।
सहभागी १ सय ६० राष्ट्रमध्ये ७१ राष्ट्रले पदक तालिकामा आफ्नो उपस्थिती देखाउन सफल भए । चीन १ सय ७ स्वर्ण , ८१ रजत र ५१ कास्य गरी क¬ल २ सय ३९ पदकसहित पदक तालिकाको शिर्ष स्थानमा रहन सफल भयो। त्यस्तै ग्रेट ब्रिटेन र नर्दन आयरल्याण्ड ६४ स्वर्ण, ३९ रजत र ४४ कास्य गरी कुल १ सय ४७ पदकसहित पदक तालिकाको दोस्रो स्थानमा रहदाँ युक्रेन ४१ स्वर्ण ,३७ रजत र ३९ कास्य गरी कुल १ सय १७ पदकसहित तेस्रो स्थानमा रहन सफल भयो। त्यस्तै अमेरिका भने ४० स्वर्ण ४४ रजत र ३१ कास्य पदक गरी कुल १ सय १५ पदकसहित चौथो स्थानमा रहदाँ अस्ट्रेलिया २२ स्वर्ण, ३० रजत र २९ कास्य गरी क¬ल ८१ पदकसहित पाँचौ स्थानमा रहन सफल भयो।
इरानका पारा साइकलिस्ट बहम ग्लोबामेहेजाद साइकल रेसका दौरान दुर्घटना परी ज्यान गुमाउनु यस ओलम्पिकको दुःखद पक्ष बन्न पुग्यो।
विन्टर ओलम्पिक सन् २०१८ मार्च ९ देख १८ सम्म दक्षिण कोरियाको प्योङचाङमा हुदैँछ।
प्रकाशित: ३ आश्विन २०७३ ०८:२८ सोमबार