coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेनी–जोमसोम सडक दश दिनपछि खुल्यो

फाइल फाेटाे

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ।

म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए।

राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भिरमा पहिरो तथा नदी कटानका कारण भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो। आयोजना प्रमुख सुवेदीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ र आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको हो।

सडक सञ्चालनमा आएपछि बेनीदेखि सिधै जोमसोमसम्म सिधा सवारी सञ्चालन गर्न सकिने भएको आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले बताए। सडक अवरुद्ध हुँदा स्थानीयवासी, पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । मुस्ताङमा उत्पादन भएको स्याउ ढुवानीमा समस्या भएको थियो। रासस

प्रकाशित: ८ आश्विन २०७५ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App