१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छोरा बचाउन विमान चार्टर

रुकुम– रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा एक व्यक्तिले आफ्नो छोराको उपचार गराउन हवाईजहाज चार्टर गरेका छन्। मुसिकोट नगरपालिका–१ सल्लेका ४ वर्षीय प्रतुस विसीका बुवा प्रेम विसीले छोराको जिल्लामा उपचार हुन नसकेपछि हवाईजहाज चार्टट गरेर नेपालगञ्ज लिएका हुन्। 

आइतबार दिउँसो आफ्नै घरको भ-याङ्बाट लडेर गम्भिर घाइते भएका प्रतुसको टाउको र शरिरका विभिन्न भागमा चोट लागेको थियो। तत्कालै आफन्तले उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार गराउन लिएका थिए। 

तर बालकको भित्री चोट बढी भएका यहाँ सम्भव नभएपछि तीन लाख रुपैयाँ तिरेर सुमित एयरको हवाईजहाज मार्फत नेपालगञ्ज लिएको हो। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको पहलमा हवाईजहाज नेपालगञ्जबाट यहाँ आएको थियो। 

हेलिकप्टर ल्याउने प्रयास गरिएपनि नपाइएपछि हवाईजहाज आएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। प्रतुसको नेपालगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ७ आश्विन २०७५ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App