coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१७ लाख ५० हजार मूल्य बराबरको तस्करीका सामान वरामद

महोत्तरी - जलेश्वर भन्सार कार्यालय मलिवाडा महोत्तरीले आइतबार भन्सार छलि गरेर नेपाल भित्र्याइएको १७ लाख ५० हजार मूल्य बराबरका तस्करीको सामान बरामद गरेको छ। गाेप्य सुचनाका अाधारमा जलेश्वर भन्सार कार्यालय मलिवाडा महोत्तरीका प्रमुख केशवकुमार भण्डारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोलि सहित खटिएकाे टाेलिले मनरासिस्वा नगरपालिका वडा नं. –१ कट्टिबाट सो मूल्य वरावरको तस्करीको सामान वरामद गरेको हो। 

कट्टि स्थित रामजानकी मन्दिर नजिकै पुग्दा वेवारिसे अवस्थामा सामान राखिएको तस्करीको सामान वरामद गरिएकाे हाे। 
बरामद भएका सामानमा ९ गाठ सुट्टिङ्ग , ३ गाठ सर्टिङ्ग , साडी रेडिमेड २ गाठ, सुर्ति ११ वोरा र नम्वर नखुलेको भारतीय नम्वरको एक थान प्लेटिना मोटरसाईकल रहेकाे भन्सार प्रमुख भण्डारीले बताए।

वरामद भएको सो सामान भारतीय सिमावर्ती क्षेत्रबाट तस्करहरुको समूहले भन्सार छलि ल्याइरहेकै अवस्थामा भन्सारको टोली आउन लागेको सुईको पाएर तस्करहरु सामान छाडेर भाग्न सफल भएको जनाइएको छ।

प्रकाशित: ७ आश्विन २०७५ १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App