गृहमन्त्रीको राजीनामा माग्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

आइतबार, ०७ असोज २०७५, १५ : ५४ जनक केसी

जाजरकोट – दुई महिनाअघि कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाइ कारबाहीको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल महिला संघमा आवद्ध महिलाहरूले जाजरकोटमा विरोध प्रदर्शन गरेका छन्।

घटना भएको दुई महिनासम्म पनि अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरूले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग्दै सरकार विरुद्ध चर्काे प्रदर्शन गरेका हुन्। सरकार र गृहमन्त्री विरुद्ध चर्का नारावाजी गर्दै जाजरकोटका महिलाहरूले देशमा सरकार र कानुन भएको अनुभुति गर्न नसकिएको भन्दै तीव्र आक्रोस व्यक्त गरे। जिल्ला सदरमुकाम खलंगामा  विरोध जुलुस गर्दै उनीहरूले सरकार विरुद्ध चर्का नारा लगाएका थिए।

स्थानीय गैरीखालीबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय पुगेको थियो।  प्ले कार्ड, झन्डा र सरकार विरुद्ध चर्का नारा लगाउदै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेका उनीहरूले ज्ञापनपत्र समेत बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै उनीहरूले कन्चनपुरकी बालिका निर्मला पन्त लगायत देशका विभिन्न स्थानहरूमा बलात्कृत भएर हत्या गरिएकी बालिका र महिलाहरू एवं अन्य पीडामा परेका बालिका र महिलाहरूलाई उचित न्याय दिन आग्रह गरेका छन्।

आफूहरूले देशको शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था, बलत्कारीलाइ कारबाही र  बालिका र महिलाको अस्मीता रक्षा गर्न नसक्ने सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको नेपाल महिला संघकी सचिव सरीता सिंहले बताइन्। उनले  देशमा सरकार भएको कानुन भएको अनुभूति गर्न नसकिएको भन्दै गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइन्।  

यस्तै निर्मला पन्तको बलात्कार पछि हत्या र तरुण दल नगर सभापति रोहित पुनको हत्याको बिरोधमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै रोल्पाका प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कार लगायतका अपराध नियन्त्रण गर्न माग गर्दै उनीहरूले विराध प्रदर्शन गरेका हुन्। 

‘निर्मला पन्त हत्याका वास्तविक अपराधी चाडो सार्वजनिक गर’
नेपालगन्ज – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने वास्तविक अपराधीलाई चाडो सार्वजनिक गर्न बाँकेका महिलाले माग गरेका छन्। नेपाल महिला संघ बाँकेको अगुवाइमा आइतबार गरिएको बिरोध प्रर्दशनका क्रममा उपस्थित भएका महिलाले सरकारले अझैपनि वास्तविक अपराधीलाई लुकाउन खोजिरहेको आरोप लगाए। निर्मला पन्तको बलात्कार र हत्यामा ठुलै ब्यक्तिको संलग्नता भएकाले अपराधीलाई सार्वजनिक गर्न सरकारले ढिलासुस्ती गरेको उनीहरुको ठम्याई छ।

प्रर्दशनका क्रममा महिलाहरूले मुलुकमा बढ्दो बलात्कार, हत्या, हिंसा, अराजकता, दण्डहिनता र महंगीका विरुद्ध पनि सरकारको कडा शब्दमा निन्दा गरे। ‘निर्मला पन्तको हत्यारालाई अहिलेसम्म सरकारले सार्वजनिक गर्न सकेको छैन, दिनहुँजसो हुने बलात्कार, हत्या, हिंसा, अराजकताले देशको शान्ति सुरक्षा खस्किदो अवस्थामा छ,’ महिला संघ बाँकेकी अध्यक्ष नारायण रुपाखेतीले भनिन्। 

शान्ति, सुरक्षा प्रदान गर्ने सवालमा वर्तमान सरकार असफल भइसकेको उनको भनाई छ। ‘शान्ति सुरक्षा यति धेरै खस्किसकेको छ कि एउटी महिला ढुक्कसँग घर बाहिर हिँड्न सक्ने अवस्था छैन, प्रधानमन्त्री केपी शर्मा ओली चाही उखान टुक्का मात्रै सुनाएर देश चलाउन खोज्दै हुनुहुन्छ,’ उनले थपिन्। सुखी र समृद्ध नेपाल निर्माण गर्ने सबैको सबैको चाहना भएपनि मुलुक पछिल्लो समयमा बलात्कार, हत्या, हिंसा, अराजकता, दण्डहिनता र महंगीतर्फ उन्मुख भइरहेको महिला संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ। ‘यस परिस्थितीमा नेपाल महिला संघ बाँकेको ध्यान आकृष्ठ भएको छ,’ ज्ञापन पत्रमा भनिएको छ। 

प्रधानमन्त्री ओलीलाई जिल्ला प्रशासन कार्यालयमार्फत बाँकेका महिलाले उक्त ज्ञापन पत्र पठाएका छन्। महिला संघ अध्यक्ष रुपाखेतीले सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेलाई ज्ञापन पत्र बुझाइन्। ज्ञापन पत्र बुझिसकेपछि सहायक प्रजिअ न्यौपानेले बलात्कार, हत्या जस्ता घटनाप्रति स्थानीय प्रशासन पनि अत्यन्त सम्बेदनशिल रहेको बताए। 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad