महोत्तरी - एक युवकले आफ्नो पेटमा दुई वटा रवरको बेल्ट लगाए, उनीसँगै रहेका केहिले विभिन्न ब्राण्डका मदिराको बाेतल पेपरले बेरेर उनले लगाएको रवरको बेल्टमा हाल्नथाले। २० भन्दा बढी मदिराका वोतल उनीहरुले मिलाएर उक्त रवरको वेल्टमा राखे। मिलाएर राखिएका बाेतल माथिबाट उनले सर्ट लगाए। त्यसपछि उनी सरासर सडकमा पार्किङ गरि राखिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढी सिमानाका तर्फ लागे। नेपाली सिमामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको चेकपोष्ट अगाडी बाटै उनीहरुको आँखा छल्दै उनी नेपाली सिमा पार गर्न सफल भए। उनलाइ न त नेपाल प्रहरीले नै जेकजाँच गर्यो न त भारतीय एसएसवीले नै रोके।
महोत्तरीको सिमावर्ती क्षेत्रबाट भारत तर्फ खुलेआम मदिरा तस्करी हुँदै आएको छ। चेकजाँचका लागि सिमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी खटिएपनि उनीहरुले देखेर पनि नदेखे झैं गर्दै आएका छन्।
यो दृष्य महोत्तरीको सदरमुकाम जलेश्वर स्थित एउटा घरको कुना देखि सिमा पारी सम्म मदिरा तस्करी गर्ने एक युवकको हो। यो त एउटा प्रतिनिधि घटना मात्रै हो, यसरी नै अहिले महोत्तरीको सिमावर्ती क्षेत्रबाट भारत तर्फ खुलेआम मदिरा तस्करी हुँदै आएको छ। चेकजाँचका लागि सिमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी खटिएपनि उनीहरुले देखेर पनि नदेखे झैं गर्दै आएका छन्।
एक पटकमा २० वोतल मदिरा भारत तर्फ लगे वापत एक पटकमा कम्तिमा पनि २ हजार नेपाली फाइदा हुने भएपछि अहिले दर्जनौ युवाहरु मदिरा तस्करीमा लागेका छन्। भारतको विहारमा मदिरा उत्पादन र विक्रि वितरणमा पुर्णरुपमा निषेध गरिएपछि अहिले महोत्तरीको सिमावर्ती क्षेत्र भएर धमाधम मदिरा तस्करी हुने गरेको पाइन्छ।
मदिरा तस्करी बढेपछि अहिले महोत्तरीको सिमावर्ती क्षेत्रमा मदिराका पसलहरु थपिँदै गएका छन् भने कारोवारमा समेत वृद्धि भएको छ। कतिपय मदिरा पसलेहरुले नै तस्करहरु राख्ने गरेका छन्।
यता सिमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने सिमामा हुने कुनै पनि प्रकारको तस्करी रोक्न हरसम्भव प्रयास गर्दै आएको दावी गरेका छन्।
प्रकाशित: ७ आश्विन २०७५ ०९:३३ आइतबार