पत्रकार आपत्कालीन कोष स्थापना गरिने

आइतबार, ०७ असोज २०७५, १३ : ५७ नागरिक संवाददाता

इलाम – नेपाल पत्रकार महासंघ इलाम शाखाले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ। महासंघको आइतबार सदरमुकामका बसेको बैठकले आशिष स्मृति पत्रकारिता पुरस्कार अक्षयकोषको रकम पनि थप गर्ने निर्णय गरेको छ।

शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा बसेको बैठकले राहत कोषका लागि सुरुमा ५० हजार रुपैयाँ जम्मा गर्ने र त्यसलाई क्रमसः थप्दै लैजाने निर्णय गरेको हो। ‘पत्रकारलाई आपत्–विपद् परेका बेला आर्थिक सहयोग गर्न कोष स्थापना गर्न लागिएको हो,’ अध्यक्ष ढकालले भनिन्। ‘कोष सञ्चालनका लागि कार्यविधि तयार गर्न समिति गठन गरिएको छ।’ 

महासंघले इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा स्थापना गरिएको आशिष स्मृति पत्रकारिता पुरस्कारको अक्षय कोष पनि थपेर १ लाख रुपैयाँको बनाउने भएको हो। यो कोषको ब्याजबाट हरेक वर्ष साविक मेची अञ्चल (ताप्लेजुङ, पाँचथर, इलाम र झापा) का उत्कृष्ट पत्रकारलाई नगद १० हजारसहित पुरस्कृत गरिँदै आएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लि. को आरुघाट शाखा कार्यालय सञ्चालन

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गउँमा...

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रा.लि.सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । ...

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंक लिमिटेडको शाखा रौतहटको गरुडामा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु...

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

ओपो रेनो १०एक्स नेपालमा सार्वजनिक हुँदै

दक्षिण एसियामा ओपो रेनो १०एक्स सिरिज सार्वजनिकसँगै नेपालमा असार १५ बाट उपलब्ध हुने भएको छ । ...

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक यही असार ९ देखि १५ सम्म

दराज मोबाइल विक अभियान यही असार ९ देखि १५ सम्म हुने भएको छ । ...

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

ह्वावेका उत्पादनमा पैसा फिर्ताको ग्यारेन्टी

नेपालका लागि ह्वावे स्मार्टफोनको अधिकृत वितरकले आफ्ना स्मार्टफोन र ट्याब्लेटमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकलाई पूरै पैसा फिर्ता गरिने...

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा टियागो एक्सजेड प्लस नेपालमा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी टेडिङले औपचारिक रूपमा नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ...

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

१३औं राष्ट्रिय ए .यस .ए. आर्किटेक्चर प्रदर्शनी सम्पन्न

राइनो ५०० डि तथा रिद्धि सिद्धि सिमेन्टको संयुक्त सहकार्य लगायतको सहायतामा वास्तुकला र यसका विभिन्न पक्षका साथै पुनःनिर्माण र नेपालका...