coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभापतिको उम्मेदवार कोइराला परिवारबाट : कांग्रेस महामन्त्री

बुटवल- नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामि महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन। बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आगामि नेतृत्वका लागि  कोइराला परिवारबाट एक जनाले उम्मेदवारी दिने स्पष्ट पारे।

कोइराला परिवारका तीन मध्ये एकको उम्मेदवारी पर्ने बताएका महामन्त्रीले त्यो एक जना को हो भन्ने भन्ने बारेमा भने खुलेनन। ‘कोइराला परिवारमा सुजाता, शेखर दा र म बिचमा कुनै मनमुटाव छैन। आगमि महाधिवेशनमा हामीले सल्लाह गरेर एक जनाको उम्मेदवारी दिन्छौ। यो पक्का हो’ महामन्त्री कोइरालाले भने। जिल्ला जिल्लामा नेता कार्यकर्तासंग छलफल परामर्श गरेर उनीहरुकै भावना अनुरुप अगाडि बढ्ने बताउँदै कोइरालाले आन्तरिक विवाद समाप्त पारेर पार्टीलाई आगामी चार बर्षमा सबैभन्दा ठूलो पार्टी बनाएर लैजाने योजना रहेको बताए।

पार्टी सभापतीको अधिकार बिकेन्द्रिकरण गर्नु पर्नेमा जोड दिँदै कोइरालाले काँग्रेसको तल्लो तहलाई बलियो नबनाए अस्तित्व नै संकटमा पर्न सक्ने उल्लेख गरे। बहुमतको सरकारले जनताको अपेक्षा अनुरुपको काम गर्न नसकेको र विकासका योजना बिनै संघीयताको मर्म विपरित केन्द्रिकृत शासन चलाइरहेको आरोप लगाए। ‘बामपन्थी पार्टीहरुलाई संघीयताको मर्म थाहै छैन। उनीहरुले अहिले पनि अधिकार हस्तान्तरण नगरेर केन्द्रिकृत शासन व्यवस्था चलाइरहेका छन’ कोइरालाले भने। मुल्य बृद्धि र कर बृद्धिले जनता मारमा परेको बताए। जनतालाइ नागरिक भएर जिउने अधिकार स्थापित गर्न नेपाली कांग्रेस बलियो बन्नु पर्ने भन्दै कोइरालाले काँग्रेसको नयाँ बाटो देश र जनतालाइ समृद्धितर्फ लैजाने रहेको उल्लेख गरे।

 

प्रकाशित: ७ आश्विन २०७५ ०६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App