coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

महाअभियोगको भय देखाएर अदालतलाई प्रभावित पार्न खोजियो : अधिकारी

काठमाडौं- प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी गरिरहेको भन्दै आपत्ति जनाएको छ। आजको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद् राधेश्याम अधिकारीले सञ्चारमाध्यममा जोशीलाई महाअभियोग लगाइने भन्दै सादा कागजमा हस्ताक्षर संकलन गरिएको भन्ने समाचार आइरहेको बताउँदै त्यसको आधिकारिकता के हो भन्दै प्रश्न गरे।

‘तपाई राजीनामा दिनुस् नत्र हामी महाअभियोग लगाउँछौं भन्दै जोशीलाई दवाव दिइदैछ’, उनले भने, ‘तर महाअभियोग के आधारमा लगाउने? उहाँलाई महाअभियोग लगाउने आधार के–के हुन्? यो दलिल अस्विकार्य छ।’

सरकार न्यायपालिका कमजोर बनाउने खेलमा लागेको बताउँदै उनले अदालतले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने कुरा बाहिर आएको र त्यसैले सरकारले न्यायलयलाई आफ्नो दवावमा राख्न खाजेको प्रष्ट भएको बताए। संविधानलाई नमानी सरकारले गरेका निर्णलाई समर्थन गर्दै जाने हो भने अदालत अदालत नरही पार्टीको शाखा हुन जाने तर्फ उनले चिन्ता व्यक्त गरे।

महाअभियोगको भय न्यायाधीश माथि कायम राखेर सरकारले कानूनलाई दवावमा राख्न खोजेको अधिकारीको आरोप छ। न्यायपालिका माथि सबैको विश्वास हुनुपर्ने र त्यसमा सरकारले झनै ठूलो विश्वास गर्नुपर्नेमा सरकार न्यायालयलाई काबुमा राख्न  खोज्नु दुर्भाग्य पूर्ण भएको उनको भनाई छ। यसरी न्यायपालिकालाई कमजोर पारिए यसको असर देशमा दिर्घकालिन रुपमा पर्ने उनले बताए।

संवैधानिक निकायनै कमजोर भए संघीयता पनि असफल हुने उनले बताए। अन्तिम न्यायिक भूमिका निर्वाह गर्ने संवैधानिक नियकाय त्यसमा पनि सर्वोच्चलाई नै कमजोर पर्दा त्यसको असर दिर्घकालिन हुने उनको भनाई छ।

प्रकाशित: ७ आश्विन २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App