१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्टार हस्पिटल र एभरेस्ट बैंकबीच सम्झौता

काठमाडौं – ललितपुरको सानेपास्थित स्टार हस्पिटल र एभरेस्ट बैंकबीच सहकार्य सम्झौता भएको छ। सम्झौतापत्रमा हस्पिटलका सिओओ सन्देश जिसी र बैंकका मार्केटिङ विभाग प्रमुख पुष्पराज उप्रेतीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार स्टार हस्पिटलले एभरेस्ट बैंकका ग्राहक र ग्राहकका परिवारलाई उपचार खर्चमा १५ प्रतिशतसम्म छुट दिनेछ। छुट लिन सेवाग्राहीले बैंकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्डमध्ये कुनै एक देखाउनुपर्नेछ।

प्रकाशित: ७ आश्विन २०७५ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App