coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सिटीमा अग्विरोको समय थप

लन्डन – म्यानचेस्टर सिटीका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरोले क्लबसँगको सम्झौता २०२१ सम्म लम्ब्याएका छन् ।क्लबसँगको सम्झौता २०२० सम्म भए पनि अग्विरोले सम्झौता एक वर्ष थप गरेका हुन् । ३० वर्षे अग्विरो २०११ मा एट्लेटिको मड्रिडबाट सिटीमा भित्रिएका थिए।

सिटीले तीन पटक इङ्लिस प्रिमियर लिग र तीन पटक इङ्लिस लिग कपको उपाधि जित्दा अग्विरो टोलीका प्रमुख सदस्य थिए । अग्विरोले क्लबका लागि कीर्तिमानी २ सय ४ गोल गरिसकेका छन् । २०१२ मा क्युपिआरविरुद्ध इन्जुरी समयमा गोल गर्दै उनले सिटीलाई उपाधि दिलाएका थिए।

‘म क्लबसँग खुसी छु, किनभने उनीहरूले मलाई सुरुआती दिनदेखि आजसम्म राम्रो व्यवहार गरिरहेका छन्,’ अग्विरोले भने।

प्रकाशित: ७ आश्विन २०७५ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App